

रविन्द्र कंडेल
गोरखा,
नेपाली कांग्रेस गोरखा जिल्ला क्षेत्र नं. २ प्रदेश क अन्तर्गत पालुङ्टार नगरपालिकामा पनि दोश्रो चरणको जागरण अभियान शुरु भएको छ । ठाँटीपोखरीमा शुरु भएको औपचारिक जागरण अभियानमा केन्द्रिय प्रतिनिधी कृष्ण कोइराला, दिर्घमान गुरुङ नारायण, पालुङ्टार नगरपालिकाका नगरप्रमुख दिपक कंडेल, संगठन विभाग प्रमुख विमल ढकाल, चेतकुमारी श्रेष्ठ, सरोज देवकोटा लगायतकाको उपस्थिति रहेको थियो ।
पालुङ््टार नगरपालिका र गोरखा नगरपालिकाको वडा नं. ८ देखि १४ सम्म जागरण अभियान १५ दिनसम्म चल्ने र सो अभियानका लागी केन्द्रिय प्रतिनिधी कृष्ण कोइराला प्रमुख अतिथिको रुपमा सवै स्थानहरुमा पुग्ने नेपाली कांग्रेस पालुङ्टारका संगठन विभाग प्रमुख विमल ढकालले जानकारी दिनुभयो ।