दियालो मा पालुङटारका हितेश बिरही

जुन भेटेसी निभायौ दियालो l
पिरतीले अर्कै मोड लिई हाल्यो ll
मेरो चोखो मायालाई झुट सम्झ्यो किन
मनले माया गरेको थे, तिम्रो भरमा परेको थे
रुप हेरेको थिइन मैले धन हेरेको थिइन ll
गोरखा जिल्लाको पालुङटार न.पा वार्ड न ६ मा मध्यम बर्गीय एक सुन्दर परिवार जसमा बुबा टेक बहादुर बराम र माता नर माया गुरुङको जेठो छोराको रुपमा मिति २०४७ सालमा यस धर्तीमा टेकेका हितेश बिरही बराम l एक ग्रामिण गाउ ठाउमा जन्मिएका बिरहीले माध्यमिक शिक्षा श्री लक्ष्मी माध्यमिक बिद्यालयवाट हासिल गरेका उनि सानै देखि गित संगीतमा रुची भएको पाइन्छ गाउघरमा लगाइने पुजाआज /बिबाह बर्तबन्धनमा गीत गाएर भरपुर मनोरञ्जन लिने, दिने गर्दथे l
माध्यमिक शिक्षा पश्चात उच्च शिक्षा हासिल गर्न काठमाण्डौ छिरेका बिरही काठमाडौंमा उच्च शिक्षामा भन्दा बढी संगीत तिर मन धल्कौदै दोहोरी साझसम्म पुगेर गित गाउन थाले, उनको मनमा पनि गीति एल्बम निकाली गायक बन्ने सपना थियो तर घरको आर्थिक अवस्था कमजोर तेही माथि काठमाण्डौको बसाइ गुजारा चलाउन गाह्रो भयो त्यस पश्चात उनि गित संगीत प्रतिको मोहलाइ मनैमा गुम्साएर खाडी मुलुक जानु बाहेक अरु बिकल्प रहेन र २०७० सालमा जन्म ठाउ आफ्नो प्यारो देश जन्मेको गाउ अनि परिवारलाई चटक्कै छोडेर खाडी मुलुक दुवई शहर पस्नुपर्यो l
दुवई बसेको क्रममा पनि उनले गित संगीतलाई चटक्कै माया मर्न सकेनन त्यसै क्रममा संयोगले भेट भएका सुर्य कुमार परियार, अन्जान आलेसंग भलाकुसारी गर्दै जादा संगीत प्रतिको मोह सबैको रहेको भावना साटासाट गरे तत्पश्चात सुर्य कुमार परियार र अन्जान आले मगर मिलि थोरै समय खर्चेर गित सब्द संकल तर्फ लागे केहि समय पश्चात मन छुने खालका शब्द चयन गरि पछील्लो समयमा निकै चर्चामा रहन सफल गायिका बिष्णु माझि संग हितेश बिरहीको बरामको स्वरमा गित रेकर्ड गरि निकै मार्मिक लोकदोहोरी गीत बियोगान्त कहानी भावना म्युजिक सोलुसन प्रा लि मार्फत दियालो एल्बम बजारमा सार्वजनिक गरिएको छ l
अत्यन्तै मार्मिक शब्द सिर्जना अनी लयमामा बनेको उक्त गीतको भिडियो पनि त्यतिकै दम्दार बनेको बताउछन भावना म्युजिक सोलुसन का प्रबन्ध निर्देशक बिमल अधिकारी र गितलाई निर्देशन गरेका कपिल लामा द्वयले l चर्चित मोडेल बिमल अधिकारी र सारिका के.सि को निखार अभिनय रहेको उक्त गितले युट्युब मा पनि राम्रै सफलता हासिल गर्दै दर्सकहरुको मन जित्दै गएको छ, बिमल र सारिकाको जोडी साथै ब्युटीको लुक्स का कारण पनि भिडियो अझ राम्रो भएको प्रतिकृया पाइएको छ । दियालो टाइप गरि युट्युबमा सर्च गरि उक्त गीत हर्न अनि सुन्न सक्नुहुन्छ l
२ महिनाको नेपाल बसाइ पश्चात फेरी दुबई फिर्ता भएका हितेश बिरहीले फुलबुट्टे चोली नामक अर्को गीत पनि रेकर्ड गराएका थिए सो गीत आगामी असोज १० गते माला श्री रेकर्डिङवाट रिलिज हुदैछ जसमा स्वर हितेश बिरही बराम र सन्ध्या बुढा {काउली बुढी}को रहेको छ भने लय सब्द सर्जक सुर्य कुमार परियार मोडेल चर्चित गायक तथा मोडेल रामजी खाड जसमा साथ दिएकी छिन् सुन्दरताकी खानि पुजन घिमिरेले भने निर्देशन मौसम हिमालीले गर्नुभएको छ l

-अवि गुरुङ, कमलटार

Back to top button