गाेरखामा असाेज ४ गते गुरूङ चलचित्र मनकाशी प्रदर्शन हुँदै

सलिना गुरूङ/गोरखा आगामी असोज ४गते शनिबार गोरखाको गोरखाली चलचित्र मन्दिर हलमा ग गुरूङ चलचित्र मनकाशीको पहिलो सो हुने भएको छ। लम्जुङको पर्यटकीय गाँउ ढगै गाँउमा छायाङ्कन गरिएको चलचित्र मनकाशी गाँउमा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई होमस्टेमा गरिने स्वागत सत्कार गुरूङ सँस्कार सस्कृति तथा परिवार बने घर बन्छ घर बने समाज बन्छ भन्ने मान्यतामा रहि शुद्ध पारिवारिक तथा सामाजिक कथा वस्तुमा आधारित चलचित्र हो।सरकारले घोषणा गरेको पर्यटन बर्ष 2020लाई टेवा पुर्याउने उद्देश्यले चलचित्र मनकाशी निर्माण गरिएको निर्देशक प्रितम गुरूङले जानकारी दिनुभयो आन्तरिक पर्यटकको बिकासपछि मात्र बाह्या पर्यटकको बिकास हुन्छ यसका लागि गाँउमा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गरि गाँउगाँउमा होमस्टे निर्माण गरि आफ्नो सस्कार सस्कृति लाई सम्बर्द्धन गर्नुपर्ने कुरालाई पनि चलचित्र मनकाशीमा जोड दिएको छ।उक्त चलचित्र मनकाशीमा गुरूङ चलचित्रका चर्चित नायिका अनुता गुरूङ,बिष्णु गुरूङ,डिबि गुरूङ,आइतराम गुरूङ,शेरजङ गुरूङ,टिकाराम घले,बिरमाया गुरूङ,सन्तोषी गुरूङ,भिजन गुरूङ,गोपाल गुरूङ,जोनिसा गुरूङ,धने गुरूङ,गौतम गुरूङ,शुशिल गुरूङ लगाएतका कलाकारहरूले अभिनय गरेका छन् ।चलचित्र मनकाशीमा गणेश गुरूङको गीत संगीत,सन्तोषी गुरूङको कोरीयोग्राफी,खेम थापा मगरको छायाकंन,मेक थापामगरको सम्पादन रहेको छ।भने गुरूङ चलचित्रका चर्चित निर्देशक प्रितम गुरूङको कथा,लिखित, निर्मित तथा निर्देशित रहेको छ चलचित्र मनकाशी गुरूङ तथा नेपाली भाषाको चलचित्र हो।सो चलचित्र गोरखा पछि लम्जुङमा रिलिज हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker