शेयर गराैं अाफू पनि बचाैं, अरूलाइ पनि बचाउँ । डेङ्गु (Dengue Fever)  रोग सम्बन्धी जानकारी

डेङ्गु (Dengue Fever)  रोग सम्बन्धी जानकारी

 

डेङ्गु रोग लामखुट्टेको टोकाइको कारणले सर्ने सरुवा रोग हो । यो रोग एक मानिसबाट अर्को मानिसमा लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । भाइरसबाट हुने यस रोगको हालसम्म खोप तथा खास उपचार छैन । एडिज एजिप्टाई र एडिज आल्बोपिक्टस नामको लामखुट्टेको टोकाइले डेङ्गु रोग सर्ने भएकाले यो रोग लागेपछि निम्नअनुसार चिन्ह तथा लक्षणहरु देखिन्छन ।

 

डेङ्गु रोग लागेपछि देखिने लक्षणहरु

 

   जाडो हुँदै उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरु बेस्सरी दुख्ने ।

   आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, खाना खान मन नलाग्ने ।

   रोग लागेको केही समयपछि छालामुनि रगत जमेको धब्बाहरु देखा पर्ने साथै रोगको जटिलता हुँदै गएपछि नाक,  गिजा, वा शरीरका अन्य अंगहरुबाट रगत बग्न सक्ने हुन सक्छ ।

   ज्वरो आएको केही समयपछि  प्रसस्त पसिना आएर रक्तचाप घटन सक्ने आदी ।

 

डेङ्गु रोग को उपचार 

 

   यस रोगको कुनै विशिष्ट उपचर पनि नभएको र खोपको  विकास समेत नभइसकेकोले  समयमै अस्पतालमा उपचारको लागी जानुपर्छ ।

   आफूखुसी अथवा चिकित्सकको सल्लाहविना नै ब्रुफेन, एस्प्रिन जस्ता दुखाई कम गर्ने औषधिहरु खानुहुँदैन ।

 

डेङ्गु रोग बाट बच्ने उपायहरु 

 

   लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने उत्तम उपाय हो । यस लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकाले अनाबश्यक रुपमा बाहिर ननिस्कौं । बाहिर निस्कनु नै परेमा पूरा जिउ ढाक्ने लुगा लगाएर मात्र निस्कने बानी बसालौं ।

   लामखुट्टेले गाडीको पुरानो टायरको भित्र जमेको पानी, पानीको खुला टंकी कुलरभित्र  जमेको पानी, गमलाको पानी, टुटेफुटेका सिसा, खेर फालेका प्लाष्टिक, टिनका बट्टा आदीमा जमेका पानीमा फुल पार्ने हुँदा बातावरणीय सरसफाई गरी यस्ता काम नलाग्ने फोहोरलाई खाल्डोमा माटोले पुर्ने व्यवस्था गरौं ।

   घर वरिपरि तथा पानी जमेको ठाउँको सरसफाई भएमा लामखुट्टको उत्पादन कम गराएर पनि रोगको रोकथाम गर्न सकिन्छ ।

   रोग लागेको शंका भएको बिरामीलाई झूलभित्र सुताउने गर्नाले रोग सर्ने सम्भावना कम हुने हुँदा बिरामीलाई झूलभित्र सुताउने गरौं ।

   व्यक्तिगत बचावटका लागी लामखुट्टे नासक मलमको प्रयोग गरौं ।

   लामखुट्टेलाई बातावरणबाट नै हटाउन  सक्नु नै महत्वपूर्ण उपाय भएकोले उपरोक्त अनुुसार बातावरणीय सरसफाइमा ध्यान दिनु उपयुक्त हुन्छ ।

 

डेंगु रोगको पहिचान:

 

यो रोगको पहिचान बिभिन्न पद्धतीबाट गरिन्छ | सेरोलोजिकल जाँचहरु: यस अन्तरगत रगतमा डेंगु वाइरसको एनएस वन (NS1) प्रोटिन, Antigen  capture ELISA र डेंगु रोगको बिरुद्धमा शरिरमा उत्पन्न एन्टीबडी IgM Antibody  capture ELISA (MAC ELISA), IgG Antibody  ELISA(Four fold rise after seven days), Haemagglutination inhibition (HI), Complement fixation (CF), Neutralization (N) जस्ता जाँचहरु हुन | मोलिकुलर जाँचमा आर एन ए PCR, Real Time PCR   र Multiplex PCR जस्ता जाँचहरु गरेर डेंगु रोगको पहिचान र सेरोटाइपहरु पता लगाइन्छ |

 

रोग सार्ने लामखुट्टे:

 

यो रोग एडीस भन्ने प्रजातिका एडीस एजिप्टाई र एडीस अल्बोपिक्टस लामखुट्टेले सार्ने गर्दछ |यो लामखुट्टेले आफ्नो जीवन चक्र सफा पानीमा पुरा गर्दछ | यो लामखुट्टे दिनमा टोक्ने खालका हुन्छ|

 

यसको अण्डा कालो रंगको हुन्छ, लामखुट्टेको शरीर र खुट्टामा कालो र सेतो धर्का हुन्छ त्यसैले यो लामखुट्टेलाइ टाइगर लामखुट्टे को नामले पनि चिनिन्छ |

 

यो लामखुट्टेको पेटको मिडगट भन्ने भागमा डेंगु वाइरस छिर्ने द्वार हुन्छ जुन अरु खालको  लामखुट्टेमा पाइदैन | यी लामखुट्टेमा डेंगु वाइरस दुइ किसिमले संक्रमण गर्दछ पहिलो डेंगु रोग लागेको र रगतमा वाइरस भएको बेला (वाइरेमिक स्टेज २-७ दिन ) मा भएको व्यक्तिलाई टोक्दा; दोस्रो पहिला डेंगु वाइरस संक्रमित लामखुट्टे जसमा ट्रान्स ओभारियन ट्रान्समिसन (TOT-Trans-ovarian Transmission)  बाट डेंगु संक्रमित महिला लामखुट्टेको अण्डाबाट निस्केको डेंगु संक्रमित लामखुट्टे | यी दुइ खाले डेंगु वाइरस संक्रमित लामखुट्टेले स्वस्थ्य मानिसलाई टोक्दा यो रोग सर्ने गर्दछ

Back to top button