चेकजाँचमा भाग्न खोजेपछि अन्सारीको खुट्टामा गोली हानेर पक्राउ

वीरगन्ज । बीरगञ्जका २६ बर्षीय सन्तोष दास तत्मालाई मंगलबार राती प्रहरीले खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको छ । राती चेकजाँचको क्रममा प्रहरीले खुट्टामा गोली हानी पक्राउ गरेको हो ।

तत्मा ज्यान मुद्दामा कैद भुक्तान गरी छुटेका फूलहसन अंसारीको समूहमा आबद्ध छन् । सर्वसाधारण,उद्योगी व्यापारी तथा वीरगन्ज कारागारका चौकीदार शेख भोलासँग समेत रकम माग गरेको उजुरी प्रहरीमा परेको छ । पैसा नदिएपछि बम पड्काउँदै हिडेका तत्मालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले बताउनुभयो ।

सो समूहका केही व्यक्ति हात हतियार सहित वीरगन्ज प्रवेश गरेको सूचना पाएपछि प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा तत्माले प्रहरीलाई गोली हान्न खोजेपछि प्रहरीले खुट्टामा गोली हानी पक्राउ गरेको गरेको थियो ।

भाग्दै प्रहरी माथि हतियार तेस्र्याएपछि खुट्टामा गोली हानी पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरिक्षक गौतम थापाले बताए । पक्राउ परेका अभियुक्त आब २०६६⁄०६७ सालमा स्थानीय पशुपति रोड कैरियर ट्रान्सपोर्टमा काम गर्ने राजेश्वर दुवेलाई गोली हानी कर्तव्य ज्यान मुद्दामा ८ बर्ष ५ महिना १० दिन कैद सजाय भुक्तान गरी छुटेका व्यक्ति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको उहाँको भनाइ छ ।

पक्राउ परेका तत्माको साथबाट एउटा पेस्तोल, त्यसमा लाग्ने १७ राउण्ड गोली र सेतो प्लाष्टिकमा खैरो जस्तो देखिने १७० ग्राम धुलो पनि बरामद भएको पर्सा प्रहरीले जनाएको छ । गोली लागी घाइते तत्मालाई नारायणी अस्पतालमा उपचार गर्दै अनुसन्धानको काम पनि सुरु पर्साका प्रहरी नायव उपरिक्षक थापाले बताउनुभयो ।

Back to top button