

गोरखा जिल्ला पा न पा ९ धुवाकोटमा रहेको न्यु ट्रयाक युवा क्लव जि प्र का गोरखामा दर्ता भएको एक सामाजिक गैर नाफा मुलक संस्था हो,यसले सामाजिक सास्कृतिक एव समाजमा रहेको विकृति तथा विसङ्गतिलाइ न्युनिकरण गर्न विविन्न कृयाकलाप गर्दै अाएको छ । हाल यश क्लवले सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक विकासको कामलाई पनि अघि बढाउने क्रममा पा न पा ९ सेराको सिस्नेरि चोकमा एक प्रतिक्षालय निर्माण गरेको छ । उक्त प्रतिक्षालय २०७६ भाद्र १६ गते पालुङटार न पा का नगर प्रमुख ई दिपक बाबू कंडेल ज्यु बाट समुद्घाटन भएको छ ।उक्त कार्यक्रम क्लवका अध्यक्ष कृष्ण थापाको अध्यक्ष्ातामा भएको थियो भने प्रमुख अतिथि नगरप्रमुख हुनुहुन्थ्यो र विशेष अतिथिमा वडा अध्यक्ष भेजराज पाण्डे र स्थानिय समाजसेवि,क्लवका सल्लाहकार एवं मदने डाडा मा वि का प्र अ रूद्र प्रसाद उप्रेती हुनुहुन्थ्यो भने कार्यक्रम संचालन सचिव उपदेश वर्देवा ले संचालन गर्नु भएको थियो र कोषाध्यक्ष देवकि थापाले सो प्रतिक्षालय निर्माण गर्दाको खर्च र सहयोगि दाताहरूको सहयोगको स्थितिको वारेमा प्रतिवेदन पेश गर्नु भएको थियो !
विशेष रूपमा उदघाटनकाे क्रममा पञ्चेबाजाा सहितकाे प्रस्तुतिहरू देखाईएकाे थियोे ।