बिरुवाटारमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न

रविन्द्र कंडेल
भाद्र —१७, गोरखा ।
हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा पालुङ्टार नगरपालिका वडा नंं ७ मा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।
वडा नं. ७ कार्यालयको आयोजना र सक्रिय महिला समूहको सह आयोजनामा सम्पन्न कार्यक्रममा  दिदिबहिनी महिला समूह धुवाँकोटले महिला समूहले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै गरीदोश्रो स्थान सक्रिय बाल क्लब फेदी र गौलीटार महिला समूह धुवाँकोटले तेश्रो स्थान हासिल गरेको छ । प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ः नगद रु ८ हजार र प्रमाण पत्र, ५ हजार र प्रमाण पत्र, र ३ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तै सिर्जनसील महलिा समूह शेरा र कोलडाँडा महिला समूहले सान्तवना स्थान हासिल गरी नगद रु. १५ सय र प्रमाण पत्र प्राप्त गरेका छन् । ८ समूहको सहभागिता रहेको सो प्रतियोगितामा सहभागी सवै समूहहरुलाई सहभागिताको प्रमाण पत्र तथा नगद रु.१ हजार प्रदान गरिएको थियो ।
सक्रिय महिला समूहकी अध्यक्ष शुशीला श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पालुङ्टार नगरपालिकाका नगर प्रमुख दिपक बाबु कंडेलले धर्म र संस्कृति बचाउन जरुरी रहेको र त्यसका लागी सवैले आफ्नो कर्तव्य लाई विर्सन नहुने बताउनुभयो । वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ, वडा सदस्य देवीलाल कुमाल, भगवती कुमाल च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डे लगायतकाले मन्तव्य राखेको सो कार्यक्रममा कलाकारहरु सन्तोष दवाडी, सावित्रा हडखले, अमर गुरुङ, राजेश परियार लगायतकाको प्रस्तुति रहेको थियो । सर्मिला बि.क. ले सञ्चालन गरेकाे साे कार्यक्रममा सक्रिय महिला समूहकी बिमला श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।

कार्यक्रममा भारत सरकारद्वारा सहयाेग प्राप्त नेपाल अावास पुननिर्माण परियाेजना ले समेत सहयाेग गरेकाे थियाे । परियाेजनाले गाेरखा का विभिन्न पालिकाहरूमा निशुल्क नक्सा बनाइदिने, प्राविधिक सहयाेग एवं परामर्श लगायतका सेवा दिइरहेकेा छ ।

Back to top button