वडा वडा बाटै परिचय पत्र वितरण गर्दै पालुङ्टार नगरपालिका

स्थानिय सरकारको जिम्मेवारी संगै पालुङटार नगरपालिकाले  यस नगरपालिका भित्रका सम्पुर्ण अपाङ्गगता भएका ब्यक्तिहरु लाई नयाँ परिचयपत्र बितरण तथा नवीकरण गर्ने कार्यको सुभारम्भ  २०७६/०५/१० गते पा.न.पा ९ स्थित ब्रिदीबाट उक्त्त वडाका वडा अध्यक्ष श्री भेज राज पाण्डे ज्यू को अध्यक्षतामा कार्यक्रम संचालन गरि शुरु गरियो | नगर प्रमुख ई. दीपक बाबु कंडेल ज्यू को प्रमुख आतित्थ्यमा संचालन भएको उक्त कार्यक्रममा अपांगता सिफारिस समितिका संयोजक नगर उप प्रमुख पम्फा बसेल ज्यू को उपस्थितिमा नगर प्रमुख द्द्वारा पा.न.पा. ९ का वडा अध्यक्ष वा कार्यक्रमका अध्यक्ष भेज राज पाण्डे ज्यू मार्फत पा.न.पा. ९ निबासी रसमाया कुमालको ४ बर्षिय छोरी मन्जली कुमाललाई पूर्ण अशक्त अपाङ्गता परिचय पत्र वितरण गरि कार्यक्रमको उद्घाटन गर्नु भयो | कार्यक्रममा आपपिपल अस्पतालका मेडिकल अफिसर डा. सरोज पौडेल ज्यू, प्रशासन प्रमुख दिपेन्द्र अद्याल ज्यू, ईलाका प्रहरी प्रमुख गीता प्रसाद चौधरी ज्यू, नगर स्वास्थ्य संयोजक सुनिल जंग ठकुरी ज्यू, महिला तथा बालबालिका शाखाका ईन्दिरा पोखरेल ज्यू अपाङ्ग भएका व्यक्तिहरुको तर्फबाट शारदा देबकोटा ज्यू, वडा सदस्य ज्युहरु संसारी तामाङ, लिला गुरुङ, भारति परियार, कृष्ण बहादुर अधिकारी र राम बहादुर लामाको उपस्थिति रहेको थियो |
उत्त कार्यक्रममा नबिकरण तर्फा विभिन्न बर्गका २१ जन र नया १८ जनालाई परिचयपत्र वितरण गरियो | जसमा नयाँ परिचयपत्र बितरण संख्या-क बर्ग -४, ख बर्ग-४, ग बर्ग-५, घ बर्ग-५ गरी जम्मा -१८ र नवीकरण संख्या – क बर्ग -६, ख बर्ग- १३, ग बर्ग-०, घ बर्ग-२ गरि जम्मा -२१ गरि कुल जम्मा महिला -२४ पुरुष -१५ गरि जम्मा- ३९ जना
साथै यो कार्य घुम्तीरुपले ०७६/०५/१२ गते   पा .न.पा ७ आले बरा, ०७६/०५/१४ गते  पा.न.पा ६ पौवाटार, ०७६/०५/१८ गते  पा.न.पा १ खोप्लाङ भञ्ज्याङ्, २०७६/०५/२५ गते पा.न.पा २ अमले स्कुल र २०७६/०५/२७ र २८ गते सम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker