महामारीको रुपमा लिएको डेंगु

केशब प्रसाद भट्ट

चितवन भाद्र – ८,  २०७६

केही महिना अगाडि धरानमा महामारीको रुप लियको डेंगु यतिखेर देशव्यापी रूपमा फैलिएको छ। सन् २००४ मा चितवनमा पहिलो पटक बिदेशीमा देखियको यो रोग १५ बर्ष पछि पनि नेपाल भरी महामारीको रुप लिइरहेको छ। यतिबेला चितवन, काठमाडौ, उदयपुर, सुदुरपस्चिम प्रदेशका पाँच जिल्ला लगायत अन्य जिल्ला हरुमा डेंगुका बिरामी भेटिएका छन्। सुदुरपस्चिम प्रदेशको सबैभन्दा बढी बिरामी दार्चुला जिल्लामा फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ भने  डोटी जिल्लामा एक बिरामीको मृत्यु समेत भएको छ।
प्राय गरेर बर्षातको मौसम सकिएपछि देखिने डेंगु यस वर्ष बर्षा सुरु हुनुअघि नै महामारीको रूपमा देखिएको थियोे ।

विगतमा तराईका जिल्लामा देखिने लामखुट्टे पछिल्लो समय पहाडी जिल्लामा समेत देखिन थालेका छन्।

पछिल्लो समय तापक्रममा आएको वृद्धि र यातायात सुबिधाले गर्दा तराई र पहाड जोडिएसंगै तराईमा रोग सार्ने लामखुट्टे र भुसुना विस्तारै पहाडमा फैलिँदै छ। डेंगु, औलो, कालाजार, इन्सेफलाइटिस जस्ता रोग पहाडी जिल्लामा फैलिन थालेको छ।

औसतमा २० देखि २५ डिग्री तापक्रममा यस्ता लामखुट्टे बढी हुने गरेका कारण पनि पहाडी जिल्लामा घातक रोग बोक्ने क्षमता भएका लामखुट्टे बढ्न थालेको छ। सफा पानीमा बस्न रुचाउने एडिज जातको लामखुट्टेले मानिस बाट निर्मित गरिएका भाडाहरुमा फुल पार्ने गर्छ। विशेष गरेर गाडीको टायर, गमला, ड्रम, प्लास्टिकका भाडा, कुलरको पानी आदिमा यसको बिकास हुन्छ। दिउँसोको समयमा बढी टोक्ने यो जातको लामखुट्टे सेतो कालो छिर्केमिर्के हुन्छ। आफ्नो घर वरिपरि रहेका पानी जमेका त्यस्ता केही चिज भय सुख्खा ठाउँमा फालिदिनुहोला।

धेरै ज्वरो आयमा, शरीर दुखेमा, वाकवाकी लागेमा समयमा जाँच गराउ सम्भाबित खतरा बाट बचौ। ज्वरो आयमा सामान्य सिटामोल मात्र प्रयोग गर्नुहोला चिकित्सकको सल्लाह पछि मात्र अन्य औसधिको प्रयोग गर्नुहोला, समयमा उपचार गरेमा सामान्य हुने यो रोग खतरा पनि हुनसक्छ त्यसैले आफू बचौ अरुलाइ पनि बचाऔ।

Back to top button
Close