
गोरखा ५, भदौ ।
गोरखाको बारापाक सुलीकोट गाउँपालिका–२ मा गएराती भारीबर्षा पछि गएको पहिरोका कारण १ घर बगाएको छ भने २९ घर जोखिममा परेका छन् । गएराती परेको भारीबर्षाका कारण गएको पहिरोले ३ वटा गाउँका बस्तीहरु जोखिममा परेको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिनुभयो । पहिरोले थैलीडाँडामा मात्रै १८ घर जोखिम परेको उहाँले बताउनुभयो । ‘उनिहरुलाई त्यहाँ बस्न पनि डर छ, अन्यन्त्र सर्न पनि समस्या भएको छ ।, ‘उहाँले भन्नुभयो । ‘थैली गाउँका वारीपारी दुईवटा गाउँ रहेका छन्’ वडाध्यक्ष गुरुङले भन्नुभयो, पहिरोले पुरै क्षति भएको त होइन बस्ती अत्यन्तै जोखिममा भने परेको छ ।’
त्यस्तै बारपाकको बाटाे समेत अवरूद्द भएकाे र सञ्चालनमा अाउन केही दिन लाग्ने बारपाक सामुदायिक हाेमस्टेका सचिव पुर बहादुर घलेले बताउनुभयाे । उहाँका अनुसार देवीथान मन्दिर नजिकैकाे जंगलमा समेत बाढीका कारण ८०, ९० जति रूख ढलेका छन् ।
नजीकैकाे तसरा गाउँमा एक टयाक्टर पहिराेसंगै अाएकाे लेदाे माटाेका कारण अाधाभन्दा बढी भाग पुरेकेा छ ।
त्यस्तै त्यहाँका अन्य ६ घरमा क्षती पुगेको वडाध्यक्ष गुरुङको भनाई छ । स्थानिय देव गुरुङको पसल घर सहित सवै सामान बगाएको छ भने अन्य ५ घरमा क्षति पु¥याएको हो । ‘घरमाथी सडक खनेर माटो थुपारेको रहेछ, गएराती ठूलोपानी परेपछि सवैमाटो एकैचोटी बगाएर ल्याउदा पसल र वरपरको घरमा क्षति पुगेको हो ।’ उहाँले भन्नुभयो । घरपसल बगाउदा कति क्षति भए भन्ने एकिन भने भईनसकेको वडाध्यक्ष गुरुङको भनाई छ ।