
कास्की \
(घले समाज) गण्डकी प्रदेशस्तरीय भेला पोखरामा सम्पन्न भएको छ । घले समाज कास्कीको आयोजनामा शनिवार कार्यक्रम भएको हो । भेलामा मनाङ,लमजुङ,गोरखा, तनहुँ, कास्की, नवलपुर, पर्वत, म्याग्दी,मुस्ताङ, अर्घाखाँची समेत ११ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सभाध्यक्ष प्रदेश संयोजक मीनबहादुर घलेले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पानसमा बत्ति बालेर उद्घाटन गरिन् ।
सो अवसरमा मन्तव्य दिँदै मन्त्री पुनले घलेहरु अल्पसंख्यकमा सूचिकृत भएको तर आदिवासी जनजातिमा सुचिकृत नभएको हुदाँ जनजातिमा सूचिकृतकोलागि पहल गर्ने बताइन् ।
कार्यक्रममा प्रेमबहादुर घलेलेपनि मन्तव्य राखेका थिए । कार्यक्रममा घले समाजका केन्द्रीय अध्यक्ष दिनेशकुमार घले, संविधान सभा सदस्य धनबहादुर घले,अन्तराष्ट्रिय समन्वय समिति युयईका अध्यक्ष नरबहादुर घले,लमजुङ घले समाजका अध्यक्ष दुधराज घले,युवा तथा विद्यार्थी विभागका अध्यक्ष रोमी घले,कास्की मगर समाजका अध्यक्ष संगिता पुनमगर,तमु प्यल्हुसंघ कास्की पोखराका अध्यक्ष हितकाजी गुरुङ,आदिवासी जनजाति महासंघ कास्कीका उपाध्यक्ष हरिमान तामाङ,बाटुलेचौर तमु समाज कास्कीका अध्यक्ष यमनकाजी गुरुङ र अन्तराष्ट्रिय समन्वय समिति नर्वेका संयोजक बेनी घलेले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै सल्लाहाकार संयोजक बिरसिंह घले(लमजुङ) र सल्लाहकार सदस्य सिताराम घले(कास्की) रहेका छन् । तदर्थ समितिले ६ महिना भित्र पूर्णता पाउनेछ । कार्यक्रम सम्पन्न गर्नकोलागि लिल फङ(घले समाज) अन्तराष्ट्रिय समन्वय समितिबाट आर्थिक सहयोग प्रदान गरिएको छ । कार्यक्रममा सानासाना नानी–बाबुहरुले आ–आफ्नो भेष–भुषामा सजिएर दर्शकहरुलाई स्वागत गरेका थिए