‘लिगलिगकोट सिरानचोक गोरखा दरबार खुल्ला म्याराथन दौड’ प्रतियोगिता हुने

” एतिहासिक लिगलिगकोट-सिरानचोक कोट-गोरखा दरवार-म्याराथुन दौड-२०७६”
“नेपालको उत्पति देखि जगसम्म” को अवधारणामा यहि मिति २०७६ भाद्र २५ गते बुधवारको दिन ‘लिगलिगकोट सिरानचोक गोरखा दरबार खुल्ला म्याराथन दौड’ प्रतियोगिता हुने भएको छ l नेपाली सेना, गोरखा नगरपालिका, पालुङटार नगरपालिका र सिरानचोक गाउपालिकाको संयुक्त आयोजनामा उक्त म्याराथुन दौड हुने भएको छ l इतिहासको गौरवमय इतिहासको प्रतीकको रुपमा रहेका गोरखा जिल्लाका बिभिन्न गढी, किल्ला, दरवार कोटहरुको सम्रक्षण, सम्बर्धन तथा प्रबर्द्धन गर्दै राष्ट्रिय एकिकरणमा देखाएका अदम्य साहस बिरताको गाथालाई थप स्मरणीय गराउदै नेपाल सरकारवाट घोषणा भएको भ्रमण वर्ष Visit Nepal २०२० कार्यक्रमलाई थप टेवा पुग्ने अपेक्षा रहेको छ l गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने, ‘प्रतियोगिताले सरकारको त्यो घोषणा भएको भ्रमण वर्ष Visit Nepal २०२० कार्यक्रमलाई पनि टेवा पुग्ने अपेक्षा गरेका छौं ।’ नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जिल्लाको ऐतिहासिक तथा धार्मिक स्थलको प्रचारप्रसार गर्ने उदेश्यसमेत रहेको उहाले बताउनुभयो ।
३८ किलोमिटर दुरीको उक्त दौड प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ५० हजारको साथमा मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ५० हजार नगद पाउने आयोजक मूल समितिले जनाएको छ । प्रतियोगितामा दशौं स्थानसम्मका प्रतियोगीलाई पुरस्कारको व्यवस्था गरिएको छ । ‘तीन पालिकाभित्र रहेको ऐतिहासिक महत्वका क्षेत्र समेटेर दौडको रुट तय गरेका हौ, यसले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पक्का छ,’ पालुङटार नगरपालिकाका मेयर ई. दीपक बाबु कँडेलले भन्नुभयो’ l दौड जितेर राजा बनेका द्रब्य शाहले राजकाज प्रारम्भ गरेको स्थान पालुङटार नगरपालिकाको लिगलिगकोटबाट शुरु हुने दौड सिरानचोक गाउँपालिकाको हर्मी, सिरानचोक हुदै गोरखा नगरपालिकाको गोरखा दरबार पुगेर टुङ्गिने छ ।
लिगलिगकोटबाट दौड शुरु हुने उनले बताए । प्रतियोगिताले सिरानचोक गाउँपालिकामा रहेको सिरानचोककोट, छोप्राकलगायतका ऐतिहासिक स्थल प्रवर्द्धनमा सघाउ पुग्ने गाउँपालिका अध्यक्ष राजु गुरुङले बताउनुभयो । प्रतियोगिता गर्न करिब दश लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि तीन पालिकाले ३/३ लाख र नेपाली सेनाको रणसिंह दल गणले एक लाख रकम बिनियोजन गर्ने भएको छ । प्रतियोगिताले सैनिक र नागरिक बीचको सम्बन्ध सुधार सँगै नेपाल भ्रमण बर्ष २०२० सफल बनाउन सहयोग पुग्ने रणसिंह दल गणका प्रमुख उज्वल केसीले बताउनुभयो ।

Back to top button