पालुङ्टारमा आदिवासी जनजाती दिवस

रविन्द्र कंडेल
श्रावण —२४, गोरखा ।
नेपाल आदिवासी जनजाती महसंघ पालुङ्टारको आयोजनामा पालुङटार ५ स्थित ठाँटीपोखरीमा एक कार्यक्रम गरी आदिवासी जनजाती दिवस मनाइएको छ ।
पालुङ्टार नगरपालिकाका नगर प्रमुख इ. दिपक बाबु कंडेलले सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै आदिवासी जनजाती हरुको विकास र उत्थानविना विकास र समृद्धि सम्भव नभएको भन्दै आदिवासी जनजातीहरुको विकासका लागी सक्दो सहयोग गर्ने बताउनुभयो । जातीय रुपमा कसैले कसैलाई विभेद गर्न नहुने बताउनुभयो ।
महासंघका नगर अध्यक्ष सिद्धि बहादुर पाटा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजातीहरुले आ आफ्नो भेषभूषासहित आफ्ना संस्कृतिको प्रस्तुति गरेका थिए । कार्यक्रममा नेवार, कुमाल, तामाङ लगायतका जातजातीहरुले आफनो नृत्यहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा आदिवासी महासंघ पालुङ्टारकी उपाध्यक्ष निर्मला मल्लले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै गरी कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ, तमु छोज धि का केन्द्रिय उपाध्यक्ष नर बहादुर गुरुङ, महासंघका पालुङटारका सचिव शेर बहादुर तामाङ, प्रेम गुरुङ लगायतकाले मन्तव्य राखेका थिए ।

Back to top button