एम्नेष्टी समूह ७६ को १८ औं बार्षिक साधारण सभा सम्पन्न

रविन्द्र कंडेल
श्रावण —२५, गोरखा ।
संसारको सवैभन्दा ठूलो र पहिलो अन्तराष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपाल अन्तर्गत समूह ७६ गोरखाको १८ बार्षिक साधारण सभा गोरखामा सम्पन्न भएको छ । समूह ७६ का संयोजक रमेश अधिकारीको सभापतित्वमा सम्पन्न सभामा प्रमुख अतिथिको रुपमा बोल्दै एम्नेष्टी इन्टरनेशनल नेपाल शाखाका केन्द्रिय सदस्य गोविन्द वाग्लेले समसामयिक तथा एम्नेष्टि अभियानका विषयमा जानकारी गराउनुभएको थियो ।
सोही अवसरमा बोल्दै नेपाल मानव अधिकार संगठन गोररखाका अध्यक्ष यदुनाथ अधिकारीले हाल नेपालमा आस्थाकै आधारमा सरकारले धरपकड तथा गिरफ्तारी गर्ने काम गरिरहेकोमा दुख व्यक्त गर्दै एम्नेष्टिले त्यसतर्फ चासो देखाउनुपर्ने बताउनुभयोे । सोही क्रममा उहाँले राष्ट्रिय पुननिर्माण प्राधिकरणले सुकुम्बासी हरुलाई राहत दिनेतर्फ चासो दिनुको सट्टा उल्टै अन्यत्र घर भएकाहरुलाई लाभग्राही सूचीमा राख्दै अन्याय गरेको बताउनुभयो । जसका कारण राज्यले हुनेखानेका लागी मात्र सुविधा दिइरहेको र गरीब जनतालाई रुवाएको बताउनुभयो ।
समूह का पूर्व संयोजक एवं सल्लाहाकार रविन्द्र कंडेलले समूहको ऐतिहासिकातामाथि प्रष्ट्याउँदै आगामी दिनहरुमा आइपर्ने चुनौतीहरु र त्यसलाई समाधान गर्न समूह देखि केन्द्रसम्मले गर्नुपर्ने पहलका विषयमा आफ्ना भनाइहरु राख्नुभएको थियो ।
समूहकी सदस्य भगवती कंडेलले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा गोरखा क्याम्पस गोरखाका सहायक क्याम्पस प्रमुख कृष्णप्यारा श्रेष्ठले मानव अधिकारका क्षेत्रमा गोरखामा समूह ७६ ले पुर्याएको योगदानको कदर गर्दै आफ्ना भनाइहरु राख्नुभएको थियो । सचिव कमल प्रसाद लामिछानेले सञ्चालन गर्नुभएकाे साे कार्यक्रममा सांगठिनक  प्रतिवेदन लामिछाने ले राख्नुभएकाे थियाे भने अार्थिक प्रतिवेदन काेषाध्यक्ष बिकास श्रेष्ठले राख्नुभएकाे थियाे ।
उक्त समूह को गोरखामा स्व. ठाकुर प्रसाद कंडेलले स्थापना गरी विभिन्न समयमा विभिन्न आरोह अवरोह पार गर्दै आएको छ ।

गाेरखामा रहेकाे महिला समूह ४२ ले पनि अाजै साधारण सभा सप्पन्न गरेकाे छ ।

सन् १९६१ मा पिटर वेनेन्सनले चलाएको अभियानबाट शूरु भएको यस संस्था अहिले विश्वको १५० भन्दा बढी राष्टमा फैलिएको छ भने लाखौं सदस्यहरु रहेका छन् ।

Back to top button