व्यास १० को खहरे टोलमा काङ्ग्रेस परित्याग गरि १५ जना नेकपामा प्रवेश

 

साउन २५ गते दमाैली
व्यास १० को छाङ बाराही खहरे टोलमा अाज १५ जना नेपाल कम्युनिस्ट पाटिमा प्रबेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी व्यास १० को टोल कमिटी गठनको कार्यक्रम पार्टी प्रवेश गरेका थिया । प्रवेश गर्नेमा अनेरास्ववियु छैटौं का जिल्ला अध्यक्ष विजय गिरी, नेपाली काङ्ग्रेस परित्याग गरि अाउनेहरु बाल नन्द कडेल ,उमकान्ता ढुङ्गाना, ऋषि कुमार दरै,भक्त बहादुर दरै,रिन कला नेपाली , टुल्की गुरुङ , गणेश सुकदेब,भगवती ढुङ्गाना, शान्ति मिश्र, लोक बहादुर दरै, सुचिता थापा लगाएत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी परित्याग गरिअाउने बाल नन्द कडेलले नेपाली काङ्ग्रेस जनताको पार्टी नभएको, नेताको पछि लागेर हिड्ने अाफ्तलाई मात्र हेर्ने देश र जनतालाई कहिले नहेर्ने गरेको र अहिले नेपाल कम्युनिस्ट पार्टिको सरकारले गरेकाे कामहरु देख्दा निकै खुसिलागेको बल्ल जनताले पक्षमा काम भएको देखेर नेपाल कम्युनिस्ट पार्टिमा प्रवेश गरेको बताउनुभयो । पार्टी प्रवेशलाई नेकपाका जिल्ला सदस्य बसन्त दरै र वृद्धा विष्णु माया ढुङ्गानाले टीका लगाएर प्रवेश गराउनु भएको थियो । उक्त कार्यक्रममा नेकपाका नेता धन बहादुर पुन, मायानाथ कोईराला,विष्णु प्रसाद ढकाल दुर्गा पाैडेल, नेकपा का व्यास १० का अध्यक्ष हरिबिलास अधिकारी , नेकपा बोटेगाउ टोल कमिटीकि सचिव मन माया बोटे लगाएतको सहभागी रहेको थियो । उक्त कार्यक्रम नेकपा व्यास १० का सचिव मदन तिमल्सेनाले सन्चालन गर्नु भएको थियोे ।

Back to top button