चामल किन्दा हाेसियार बन्नुपर्ने, गाेरखामा प्लाष्टिककाे चामल

गोरखा सदरमुकाममा प्लाटिकको चामल भेटिएको छ ।
गोरखा नगरपालिका–७ को नयाँबजारमा रहेको जनमुखी सहकारी संस्थाद्वारा सञ्चालित सुपथ मूल्य पसलमा प्लाटिकको चामल भेटिएको हो ।
स्थानीय कृष्ण श्रेष्ठले खरिद गरेको भारतिय रिपुराज ब्राण्डको चालम प्लाटिकको हुन सक्ने (अखाद्य पदार्थ) जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
भारतको रिपुराम एग्रो प्रालिद्वारा २० केजी तौलको सोनाशक्ति नामको चामल पकाएर डल्लो पारेर भुईमा हान्दा प्लास्टिकको भकुण्डो झैं उफ्रिए पछि जिल्लाका सञ्चारकमीैहरुलाई श्रेष्ठले खबर गरेका थिए ।
सञ्चारकर्मी कै अनुरोधमा जिल्ला प्रशासन कार्यालय बाट गएको एक अनुगमन टोलीले केही चामल परिक्षणका लागि लिई आएको र बाँकी रहेको चामल परिक्षण पश्चात मात्र बिक्री गर्न सहरकारीलाई पत्र काटेको छ ।
तीन दिन देखी सोही चामल खाई रहेका श्रेष्ठले सोमबार बिहान सोही चामल पकाएर ढल्लो पारेर भुईमा हान्दा उर्फिएर माथि आएको बताए ।
चामलको नमूना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली पठाइएको जिल्ला प्रशासन कार्यालयले जानाकारी दिएको छ ।
Back to top button