पालुङ्रटारमा अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस भव्यताका साथ मनाइदै

श्रावण २४, पालुङटार, गाेरखा ।

पालुङटार नगरपालिकाका नगर प्रमुख तथा नगर शिक्षा समितिको अध्यक्ष ई. दीपक वावु कंडेल ज्यू को अध्यक्षतामा २०७६/०४/१३ बसेकेा  नगर शिक्षा समितिको बैठक ले अन्तराष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवसको अवसरमा यहि भाद्र २०, २१ र २२ गते बिभिन्न कार्यक्रम गरि मनाउने निर्णय गरेकाे छ।

जस अन्तर्गत २०७६ भाद्र २० गते श्री जनता मा.वि. आपपीपलले सयोजन गर्ने गरि “समृद्ध पालुङटारका लागि यूवाको भूमिका” शिर्षकमा वकृत्वकला प्रतियोगिता कार्यक्रम गर्ने निर्णय गरेकाे छ । त्यस्तै गरी  श्री रजगरे मा.बि.मा  २१ गते “खुल्ला गायन प्रतिस्पर्धा कार्यक्रम” गरिने नगरपालिका सचिवालयले जनाएकाे छ ।   श्री रजगरे मा.बि. को सम्योजनमा नगरपालिका भित्र संचालित प्रत्येक बिधालयहरुवाट कक्षा ८ देखि कक्षा १२ सम्मका छात्र वा छात्रा १ जनाले प्रतिनिधित्व गर्न पाउनेछन् ।
प्रतियोगितावाट बिजयि भइ आएका प्रथम, द्वतिय, तृतीय साथै चौथो छात्र वा छात्राले भाद्र २२ गते बिहान ११:०० बजे श्री भवानी क्याम्पस, पालुङटारको प्रांगणमा हुने सभामा दुवै विधामा पुरस्कार स्वरूप क्रमश: रु ५०००/-, ३०००/, २०००/ र १०००/- नगद र फ्रेम सहितको प्रमाण-पत्र प्राप्त गर्नेछन l त्यस्तै नगरपालिका भित्र संचालित सस्थागत र सामुदायिक विधालयमा शैक्षिक सत्र २०७५ मा SEE दिई प्रथम हुने विधार्थी एक / एक जनालाई रु १०,०००/- का दरले पुरस्कृत गर्ने साथै शैक्षिक सत्र २०७५/०७६ मा कक्षा ११ र १२ उतिर्ण गरि प्रथम हुने बिधार्थी एक जनालाई रु १०,०००/- नगद र फ्रेम सहितको प्रमाण-पत्र द्वारा पुरस्कृत गरिनेछ ।

Back to top button