बर्थिङ सेन्टरमा प्रसूति गराउन एम्बुलेन्स निशुल्क

अमरराज नहर्की÷तनहुँ समाचारदाता
भानु(तनहुँ) ।
तनहुँको भानु नगरपालिकाले बर्थिङ सेन्टरमा शिशु जन्माउनेलाई एम्बुलेन्सको शुल्क तिरी दिने भएको छ । स्वास्थ्य केन्द्रमा प्रसूति गराउन आर्कषण बढाउने उद्धेश्यले भानु नगरपालिका भित्र रहेका बर्थिङ सेन्टरमा एम्बुलेन्स निशुल्क उपलब्ध गराउने निर्णय भएको भानु नगरपालिकाका मेयर उदयराज गौलीले जानकारी दिनुभयो ।
यही भदौ १ गतेबाट लागू हुने गरी कार्यविधि तयार भएको भानु नगरपालिकाले जनाएको छ । आमा र नवजात शिशु दुवैको स्वास्थ्य सुरक्षा राख्न र घरमै प्रसुति गराउनेलाई निरुत्साहित गर्न प्रोत्साहन स्वरुप एम्बुलेन्स भाडा नगरपालिकाले तिर्ने निर्णय गरिएको भानु नगरपालिकाको उपमेयर आशा थापाले जानकारी दिनु भयो ।
एम्बुलेन्सको भाडा तिर्ने निर्णयले घरमै प्रसूति गराउने अवस्थाको अन्त्य हुने विश्वास हामीले लिएका छौं उपमेयर थापाले भन्नुभयो,यो सुविधाले घरमै प्रसूति गराउँदा शिशु र आमा दुवैको स्वास्थ्य जोखिम हुन्छ भन्ने कुराको चेतना जगाउन मद्धत पुग्ने छ ।’ भानु नगरपालिका क्षेत्रमा ४ वटा वर्थिङ सेन्टर रहेका छन् । वडा नम्बर ५ मा पुरानडिही प्राथमिक स्वास्थ्य केन्द्र, १२ नम्बर ज्यामरुक स्वास्थ्य चौकी, वडा नम्बर ११ मा रुपाकोट स्वास्थ्यचौकी, ३ नम्बर वडामा भानु स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर रहेका भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास रेग्मीले जानकारी दिनुभयो । वडा नम्बर ७ को वसन्तपुर स्वास्थ्य चौकीमा पनि चाँडै नै वथिङ् सेन्टर सञ्चालनमा लाईने नगरपालिकलो जनाएको छ ।
आमा र नवजात शिशु दुवैको स्वास्थ्य सुरक्षाको लागि नेपाल सरकारले पनि न्यानो झोला उपहार दिने गरेको छ । स्वास्थ्य सस्थामा प्रसुति गराउन आउने आमा र शिशुको स्याहारमा सहयोग पु¥याउने उद्धेश्यले सरकारले नै न्यानो झोला उपहार दिने कार्यक्रम ल्याएकोले सोही अनुसारको दिने गरिएको रेग्मीले जानकारी दिनुभयो । न्यानो झोलामा आमालाई एक जोर लुगा , बच्चालाई टोपी र नेम्फिन दुई÷दुई जोरको व्यवस्था गरिएको छ । स्वास्थ्य संस्थामा प्रसुति हुँदा प्रोत्साहन रकमसँगै न्यानो झोला र गाउँपालिकाको थप रकम समेत पाईने भएपछि स्वास्थ्य सस्थामा प्रसुति गराउन आउनेको सङ्ख्यामा बृद्धि भएको स्वास्थ्य संयोजक रेग्मीले जानकारी दिनु भयो । गर्भवती भएको समयमा चार पटक जाँच गराउने महिलालाई आठ सय रुपैयाँ थप दिने व्यवस्था गरिएको छ ।
स्वास्थ्य सस्थामा प्रसूति गराउन आउनेलाई दुई हजार रुपैयाँ प्रोत्साहन रकम पाउँछन् । गर्भवती समयमा चार पटक जाँच गराउनेलाई थप आठ सय गरी दुइ हजार ८ सय रुपैयाँ रकम पाउँछन् । आर्थिक वर्ष २०७४÷७५ मा ७४ जना स्वास्थ्य सस्थामा प्रस्तुति गराउन आएकोमा ५१ जनाले चार पटक गर्भ जाँच गराएकोले थप आठ सय रुपैयाँ पाएको स्वास्थ्य संयोजक रेग्मीले जानकारी दिनुभयो ।

Back to top button