गुम्दामा अालु महाेत्सव हुने

सलिना गुरूङ

२३श्रावण, गाेरखा ।

गोरखाको धार्चे गाँउपालिका वडा नम्बर ५ गुम्दामा विगतको वर्षमा जस्तै यस बर्ष पनि आलु मेला हुने भएको छ।थामरा धार्चे युवा क्ववको १२औँ बार्षिकउत्सबको अवसरमा यहि भाद्र १ गते देखि ५गते सम्म आलुमेला हुने भएको हो। उत्तरी गोरखाकाे लाप्राक,गुम्दा लगाएतका ठाँउहरूको मुख्य बाली आलु रहेकोले त्यहाँ उत्पादित आलुको बजारीकरण तथा प्रवद्धन गर्नुका साथै गाँउमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले मेलाको आयोजना गर्न लागेको बडा अध्यक्ष तुल बहादुर गुरूङले जानकारी दिनुभएको छ।थामरा धार्चे युवा क्वव र आलु उत्पादक कृषक समूह गुम्दाको संयुक्त आयोजनामा हुने मेलामा गाउँपालिकाको क्लब स्तरिय महिला तथा पुरूष भलिबल प्रतियोगिता,स्नोकर तथा पुल प्रतियोगिता, म्युजिकल चियर,गुम्दाको आलु प्रदर्शनीका साथै राष्टिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति समेत हुने छ।भाद्र १गते देखि हुने मेलाका उद्घाटन भने गण्डकी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा मगरले गर्ने आयोजकले जनाएको छ।मेला ५दिन सम्म हुने छ।

Back to top button
Close