

कविराज ढकाल गोर्खा नेपाल || हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा लोक तथा दोहोरी गायिक गायिकाले धेरै तिजका गितहरु बजारमा ल्याऊनु भएको छ | नेपाली नारीहरु वास्थविक कहानी , पिर व्यथा , हर्ष उमगंं रमाईलो र चेतनामुलक सन्देश आदी प्रसंग जोडेर गित रचना गरिएको पाईन्छ |
यसै क्रममा हिन्दु नारीहरुको महान चाड तीजलाइ लक्षीत गर्दै पछिल्लो समय गायक गायिका सर्जक र मोडलहरुलाई तिजको गित भ्याइनभ्याई छ । धेरै चर्चित चर्चित कलाकारहरुले त तिज गीत सार्बजनिक पनि गरिसका छ्न् । भन्ने केही कलाकारहरुको गित आऊने क्रम जारि नै छ | यस्तै तिज गित आऊने क्रममा प्रत्यक्ष लोक दोहोरीका हस्ती गोरखार्ली गायक रविन लामिछानेको ” के छ ओई पानपाते ठुलि ” गित अहिले बजारमा चर्चामा छ |
रविन लामिछानेले प्रत्यक्ष दोहोरी गित प्रतियोगिताबाट धेरै अवार्डहरु लिन सफल हुनुभाको छ भने दर्शक स्रोताहरुको नजरमा पनि त्यतिकै सफल गायक रुपमा बस्न सफल हुनु भाको छ | उनिका गितहरु केही न केही सन्देशमुलक हुन्छन् भने केही गितहरु माया प्रेम आदि प्रसंगका पनि छन् | उनिका धेरै गितहरु चर्चामा पनि रहेका छन् |
यस्तै गितहरु मध्य ” के छ ओई पानपाते ठुलि ” पनि एक हो | उक्त गितमा चर्चित सर्जक नवराज पन्थको मिठो एवम् उत्कृष्ट शब्द एवम् खेम पुनको लय रहेको छ भन्ने रविन लामिछाने र चर्चित गायिका रिना के.सि को सुमधुर आवाजले भरिएको पाईन्छ | नवराज भावना पौडिएर मात्रै शब्द कोर्ने गर्छन् भने ति कोरिएका शब्दहरु अत्यन्तै सान्दर्भिक अनि मार्मिक हुन्छन् |
यस गितमा ठिकै छ सुपारे ठुला पुरानो जोडालाई नभुल यस्तै यस्तै विषयबस्तु समेटिएर रचना गरिएको छ ||
करन चौसिरको छायांकन मौसम हिमालीको निर्देशन एवम् प्रविन भट्टको सम्पादनमा रहेको उक्त गित को भिडियोको सबै पक्ष उत्कृष्ट नै छ | पछिल्लो समयका निकै चर्चा परिचर्चामा रहेको गायक सर्जक मोडेल प्रकाश सपुत , जुना सुन्दास , निक्स शर्मा , जुना गुरुङ्गको उत्तिकै उत्कृष्ट अभिनय पनि रहेको छ |
उक्त गित Rabin Lamichhane Official youtube च्यानल बाट बजारमा आएको छ |
भिडियो
- प्रतिकृया दिनुहोस्