पालुङ्टारमा ६४५ ले सम्झौता गरेर पनि घर बनाउन शुरु गरेनन, १५७ ले सम्झौता नै गरेनन ।

रविन्द्र कंडेल
श्रावण —१५, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका मा भूकम्पपछिको पुननिर्माणका क्रममा लाभग्राही सूचीमा रहेका ६४५ जनाले सम्झौता गरेर अहिलेसम्म घर निर्माण कार्य शुरु गरेका छैनन् । नगरपालिका भरिमा लाभग्राही सूचीमा रहेका मध्ये ६४५ जनाले सम्झौता गरेर पनि घर निर्माण कार्य शुरु नगरेको भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुननिर्माण परियोजना पालुङ्टार क्लष्टर २ का टिम को अर्डिनेटर रघुनाथ रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार यस नगरपालिकाभित्रका कूल ८०६५ लाभग्राही मध्ये अन्य १५७ जनाले अहिलेसम्म सम्झौता नै गरेका छैनन् । दोहोरो नाम लगत कट्टा गर्नको लागी ५३ जनाको नाम सिफारिस गरिएको छ । अहिलेसम्ममा कूल ६५९४ जनाको घर निर्माण सम्पन्न भइसकेको छ भने ६१६ जनाको घर निर्माण कार्य जारी रहेको छ । सम्पन्न भएका मध्ये सवैभन्दा बढी वडा नं. ४ मा ८९६ र सवैभन्दा कम वडा नं. ८ मा ३३१ लाभग्राही रहेका छन् । यस नगरपालिकाबाट हालसम्म७८१३ जनाले पहिलो किस्ता, ७१०५ जनाले दोश्रो किस्ता र ६१९१ जनाले तेश्रो किस्ता प्राप्त गरिसकेका परियोजनाले जनाएको छ ।

All-focus

नेपाल आवास पुननिर्माण परियोजना, भारत सरकारको आर्थिक सहयोगमा सन् २०१८ मार्च महिना बाट यु.एन.डी.पी र ओ. डि. आर.सी को समन्वयमा गोरखा जिल्लामा संचालनमा रहेको छ । यस परियोजनामा ्र मार्फत गोरखा जिल्लाका गोरखा र पालुंगटार गरी २ नगरपालिका तथा धार्चे, गण्डकी, अजिरकोट आरुघाट, सिरानचोक र शहिदलखन सहित जम्मा ६ गाउँपालिकामा सञ्चालन भईरहेको छ ।

यस परियोजनले तिनै किस्ता निकासाका लागि सहजिकरण, टोल÷वडा र पालिका स्तरमा भेला गरी पुनर्निमाणकालागि समुदायको लागि सहजिकरण, संकटासन्न घरधनीलाई सहयोगार्थ स्थानिय जनशक्ति परिचालन, समयमै घर निरिक्षणका लागि प्राबिधिकसँग समन्वय, जग्गा सम्बन्धी समस्या समाधानकालागि सहजिकरण, घरको नि शुल्क नक्सा र नक्सा पास प्रक्रियामा सहजिकरण, घरधनीलाई आवास निर्माण साथी, सब ईन्जिनियर र ईन्जिनियर मार्फत स्थलगत सर–सल्लाह, सुझाब प्रदान, घरधनी र डकर्मीलाई क्षमता अभिवृदि    जस्ता काम हरु गर्दै आइरहेको छ ।

यस पारीयोजनाले गोरखा जिल्लाको २६९१२ घरधुरी र पालुङ्टार नगरपालिकाको ८०६५ घरधुरिलाई प्रत्यक्ष सामाजिक तथा प्राविधिक शहजिकरण गरिरहेको छ । जस मध्ये ३५ वटा संकटासन्न परिवारलाई तार जाली प्रविधी को घर वनाउन सहयोग, २२ वटा भुकम्प लगत्तै बनेका तर प्राधिकरण को मापदण्ड नपुर्याई बनेका घर हरुलाई सुधार गर्न शहयोग र अन्य सवै घरधुरी लाई निजी आवास पुन निर्माण सम्वन्धी आवश्यक शहजिकरण गरिरहेको छ। साथै पालुङ्टार नगरपालिका मा कार्यरत १००० जना डकर्मी हरुलाई विभिन्न विधामा ( आर सि सि , बि यम सि , यस् यम यम आदि )अभिमुखीकरण गरेको छ ।

Back to top button
Close