प्रकाश र सुमित्राको मैलिक तिजगित “यो तिजैमा” सार्वजनिक चिनारी म्युजिकको प्रस्तुती ( भिडियो सहित )

कविराज ढकाल गोर्खा नेपाल ||

हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिँकिदै गर्दा लोक तथा दोहोरी गायिक गायिकाले धेरै तिजको गितहरु बजारमा ल्याऊनु भएको छ | नेपाली नारीहरु वास्थविक कहानी , पिर व्यथा , हर्ष उमगंं एव् सन्देशमुलक आदी प्रसंग जोडेर गित रचना गरिएको पाईन्छ |

यसै क्रममा हिन्दु नारीहरुको महान चाड तीजलाइ लक्षीत गर्दै गायक प्रकाश न्यौपाने (चिनारी म्युजिक ) र सुमित्रा भण्डारीको स्वरमा रहेको तीज गीत “यो तिजैमा” भिडियो सहित सार्वजनिक गरिएको भएको छ । “यो तिजैमा ” बोलको तीज गीतमा शब्द योगेन ढोलीको रहेको छ भने लय गायक प्रकाशको आफ्नै रहेको छ ।
उक्त गित नेपाली नारीहरुलाई मरेर लैजानु केहि पनि छैन त्यसकारण तिजको वेला नाच्नु पर्छ गाऊनु पर्छ रातो साडि लगाएर एव हर्षका कुराहरुको प्रसंगको छ |

सार्बजनिक भिडियोमा प्रकाश एस.केले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । दिपक गिरीले छायांकन गरेको भिडियोलाइ प्रकाश एस.केले सम्पादन गरेका छन् ।

भिडियोमा मोडेल आरुष्मा मगर र गोविन्द लामिछानेको डान्सिग फिचर्ड रहेको छ । जुजु गुरुडको संगीत संयोजनमा रहेको उक्त गीत छम्म छम्म नाच्ने खालको बनेको छ । र सारा नेपालीलाई तिजमा नचाऊने आशा पनि गरिएको छ ||

भिडियो

प्रतिकृया दिनुहोस्

Back to top button