यसपाली तिजमा चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीको “काँकरी” ले तहल्का पिट्र्दै {भिडियोसहित}

नेपाली लोकदोहोरीको क्षेत्रमा एक प्रकारको राज नै गरीरहेका तथा जिउडालले पनि चट्ट नायक जस्तै देखिने लोकदोहोरी क्षेत्रका हिरो नै हुन गायक सर्जक चोलेन्द्र पौडेल । उनको परिचय यति मात्रै होईन उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपमहासचिव स्टेज कार्यक्रमका किङ जस्तै पनि छन् ।

उनै चर्चित सर्जक गायक चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीको नयाँ तीजगीत काँकरी भने तीज नजिकै आउदा साउन सङ्क्रान्तीदेखि डिजिटल बजारमा आएको छ । लोकप्रिय सर्जक शिब अखेलीले शब्दरहेको गीतमा चोलेन्द्र पौडेल स्वयम्को सँगीत रहेको छ । म्यूजिक भिडियोमा मुन्द्रे कमेडी शो का हाँस्यकलाकार लट्टे (राजेन्द्र नेपाली) र पोखरेली कलाकार बैंकर (युवराज भण्डारी), सबिना क्षेत्री, बिराज र बिक्रम थापामगरले अभिनय गरेका छन् ।

युवराज भण्डारीको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा होम बहादुर गुरुङले नृत्य निर्देशन गरेका छन् । गीतको भिडियो गणेश सापकोटाले खिचेका हुन् । गीत चोलेन्द्र पौडेलको अफिसियल युटुव च्यानलबाट सार्वजानिक गरिएको छ । गितलाई सफलताको लागि लाखौं लाख शुभकामना ।।

 

Back to top button