भानुमा फेरि चितुवा अातंक, ६ बर्षे बालक घाईते

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको भानुमा आइतबार साझा ६ बजे एक बालक घाइते भएका छन् । घाइते हुनेमा तनहुँको भानु नगरपालिका–२ ठुलो बगैचाका ६ वर्षीय हेमराज सुनुवार राई रहेका छन् । भानुमा फेरि चितुवाको आक्रमण भएको हो ।यसअघि पनि पटक-पटक चितुवाको आक्रमण भएको थियो । चितुवाको आक्रमणमा परी घाइते भएका सुनुवार होम राज लोहनी सारदा शिक्षा सदनमा कक्षा १ मा आध्ययनरत रहेका छन ।

चितुवाको आक्रमणबाट घाइते भएका बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा सामान्य उपचारको पश्चात भरतपुर रिफर गरिएको इलाका प्रहरी कार्यालय भानुका प्रहरि नायव निरिक्षक पूर्ण बहादुर थापाले जानकारी दिए । उनको घाँटी र ढाडमा चितुवाको नङग्राले चिथोरेको छ । अवस्था गम्भिर नरहेको थापाले बताए । घरको आँगनमा दाजुभाई खेल्दै गर्दा चितुवाले आक्रमण गरेको बालकका हजुरबुबा लिई उधृत गर्दै प्रनानि थापाले बताए । ‘दाजुभाई आगनमा खेल्दै  रैछन, त्यहि बेला चितुवाले भाई लाई आक्रमण गरि घर तलको बारीमा पुर्याएछ’, थापाले भने ‘त्यहि बेला बालकको दाई अन्दाजी १० वर्षीय विराज सुनुवार कराएर हजुरआमा लाई बोलाएपछि चितुवा भागेछ ।हजुरआमा र स्थानियले लगत्तै बालक लाई अस्पताल ल्याएका थिए । घर एकान्त र जंगल नजिक रहेको प्रनानि थापाले बताए । बालकको आमा विदेशमा रहेको र बाजे-बजै संग यहाँ बसेको प्रहरी जानकारी दियो ।  यस क्षेत्रमा यसअघि पनि २ जना बालककाे चितुवा अाक्रमणबाट ज्यान गइसकेको छ ।

Back to top button
Skip Add