ठुल्दाइको बाह्रखरी विसौनी गजल सङ्ग्रह प्रकाशित

तनहुँ समाचारदाता

तनहुँका युवा साहित्यकार दिलिप खनाल ‘ठुल्दाइ’ को गजल सङ्ग्रह ‘बाह्रखरी बिसौनी’ प्रकाशनमा आएको छ । सङ्ग्रहको लेखक स्वयम् प्रकाशक रहनु भएको छ ।

यस गजल सङ्ग्रहमा देशप्रेम, सामाजिक,ऐतिहासिक, विकृति विसंगती प्रति व्यङ्ग्य , माया प्रीति लगायतका विषयवस्तु समावेश गरिएको छ । यो कृति साहित्यकार ठुल्दाइको पहिलो कृति हो । गजल सङ्ग्रको विक्रीबाट प्राप्त पचास प्रतिशत रकम सृजनशील केन्द्र नेपालबाट तनाव व्यवस्थापन, योग शिविर लगायत सामाजिक सेवाका विविध गतिविधी सञ्चालनमा खर्च गरिने गजलकार ठुल्लाइले जानकारी दिनुभयो ।

उक्त गजल सङ्ग्रहमा ८५ वटा गजल समावेश छन् । गजलकार ठुल्दाइ तनहुँको व्यास नगरपालिका–९ गजौडे,काजीफाँट निवासी हुनुहुन्छ ।

Back to top button