गोरखाकी चेली उपन्यासकार डा. अम्बिका अर्याल दीपगोविन्द स्मृति पुरस्कारद्वारा सम्मानित

काठमाण्डाै,
वर्षकै उत्कृष्ट आख्यानका रुपमा प्रदान गरिँदै आइएको दीपगोविन्द स्मृति सम्मान यस वर्ष उपन्यासकार डा. अम्बिका अर्याललाई प्रदान गरिएको छ । उनको उपन्यास अविश्रान्तलाई सो सम्मान प्रदान गरिएको हो । उक्त सम्मान नेपाली साहित्यका आख्यानपुरुष डा. ध्रुव्रचन्द्र गौतमले आफ्ना आमाबाबुको नामबाट वि. सं. २०६० सालमा स्थापना गरेका थिए । उपन्यासकार अम्बिका अर्याल गोरखाको धुवाँकोट गा. वि. स वडा नं. १ गौलिटारमा (हाल पालुङ्टार नगरपालिका) जन्मेकी माता राधा अर्याल तथा पिता नारायणबहादुर अर्यालकी सुपुत्री हुन् । त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएच्डी) गरिसकेकी अर्याल हाल पद्मकन्या बहुमुखी क्याम्पस, बागबजार, काठमाडौँमा उपप्राध्यापकका रुपमा प्राध्यापन गरिरहेकी छन् । त्रि.वि.बाट एम. ए., एम. एड तथा एम्. फिल् गरिसकेकी डा. अर्यालका चारवटा समालोचनात्मक पुस्तकहरु प्रकाशित भइसकेका छन् ।“बल्झिएर दुख्नथाले’ शीर्षकको गजलबाट सिर्जनाका क्षेत्रमा औपचारिक रुपमा देखापरेकी अर्यालका कविता, गजल, निबन्ध, कथा आदि विधाका सिर्जना तथा समालोचनात्मक लेखहरु समेत फुटकररुपमा विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित देखिन्छन् । उनको पुरस्कृत उपन्यास अविश्रान्त साङ्ग्रिला बुक्स प्रा. लि.ले वि. सं. २०७५ सालमा बजारमा ल्याएको हो । नवीन शिल्प संयोजन गरिएको यस उपन्यासमा प्रेम विषयमार्फत उत्तरआधुनिक एवम् नारीवादी चेतना प्रस्तुत गरिएको छ ।
उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा गोपाल गोतामे स्मृति सम्मान पत्रकार विमल आचार्यलाई, दीपगोविन्द स्मृति सम्मान निदाउन नसकेका रातहरु कथासङ्ग्रहका लागि गोपाल अश्कलाई, ध. च. गोतामे स्मृति सम्मान निरन्तर गद्यलेखनमा योगदान पु¬¥याएवापत साहित्यकार रमेश गोर्खालीलाई प्रदान गरिएको थियो । दश÷दश हजार पुरस्कार राशी भएको गोपाल गोतामे तथा ध. च. गोतामे पुरस्कार पनि ध्रुवचन्द्र गौतमले आफ्ना दाजुहरुको नाममा स्थापना गरेका हुन् ।

Back to top button