क्षत्री समाज नेपाल भानु नगर समितीले आज एक दिने रक्तदान कार्यक्रम सम्पन गरेको छ । क्षत्री समज नेपाल भानु नगर समितीका अध्यक्ष राम बहादुर क्षत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्षत्री समाज नेपालका केन्द्रीय सचिव हिमाल खड्काको प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा करिब ७६ जनाले रक्तदान गरेका थिए भने करिव १२५ जनाले भने रगत संकलन व्यगको कमिका कारण रक्तदान गर्न नपाएको मनोज श्रेष्ठले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथी खड्कालाई भानु नगरपालिका वाड २ का वडा अध्यक्ष अर्जुन बहादुर खड्का क्षत्रीले विख्रे टोपीले स्वागत गरेका थिए । भने कार्यक्रमका सभापति थापाले रक्तदान कार्यक्रममा उपस्थित सम्पुर्णलाई हार्दिक कृतज्ञता व्यक्त गरेका थिए ।् समितीका सचिव शिब खड्काले संचालन गरेको उक्त कार्यक्रममा भानु नगरपालिका प्रमुख उदयराज गौली, शसस्त्र प्रहरी नायव उपरिक्षक महोनजगं कार्की लगायत विभिन्न समाजिक व्यक्तित्वहरुको समेत उपस्थीती रहेको थियो ।