मित्रता मा.वि. मा ३ वर्षे डिप्लोमा इन एग्रीकल्चर (बालीविज्ञान ) मा भर्ना शुरू, ४० जनाले मात्र पढन पाउने भएकाले समयमै सम्पर्क गराैं


रविन्द्र कंडेल
आँबुखैरेनी गाउँपालिका वडा नं. १ सत्रसयस्थित मित्रता मा.वि.मा दोश्रो व्याचको लागी डिप्लोमा इन एग्रीकल्चर (बालीविज्ञान ) मा भर्ना खुलेको छ । सामुदायिक विद्यालयमा सञ्चालित यस विद्यालयमा शैक्षिक सत्र २०७६/७७ का लागी भर्ना खुलेको विद्यालयले जनाएको हो ।
तनहुँकै उत्कृष्ट विद्यालयहरुमध्येको एक विद्यालय मित्रता मा.वि. मा सञ्चालन भइरहेको ३ वर्षे डिप्लोमा इन एग्रीकल्चर विषयमा अध्ययन गर्नको लागी उपयुक्त र पर्याप्त सामग्रीहरु, खेल मैदान तथा प्रयोगशाला भएको सो विद्यालयमा कृषिकर्मको लागी आफ्नै २०० रोपनी जग्गा रहेको छ । प्राविधिक विषयको रुपमा रहेको यस शिक्षा प्राप्त गरेपछि रोजगारीको पनि प्रशस्त सम्भावना रहेको पाइन्छ । पहिले आइ. एस्सी. एजी. को रुपमा रहेको शिक्षा सरकारले प्रवीणता प्रमाण पत्र तह खारेज गरेसंगै सि.टि.इ.भि.टी. ले यो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । कक्षा नर्सरी देखि १२ सम्म सञ्चालित यस विद्यालयमा प्राविधिक धार तर्फको ३ वर्षे डिप्लोमा इन एग्रीकल्चर (बालीविज्ञान) सहित शिक्षा तथा व्यवस्थापन संकायको समेत पठन पाठन हुँदै आइरहेको छ । यस विद्यालयको आफ्नै स्कूूलवस समेत रहेको छ ।


कसले अध्ययन गर्ने त ३ बर्षे डिप्लोमा इन एग्रीकल्चर (बालीविज्ञान) ?
– एस. इ.इ. मा कम्तीमा २.० जि.पि.ए ल्याएका विद्यार्थीहरुले ।
– अंग्रेजी, गणित र विज्ञान विषयमध्ये कुनै एक विषयमा कम्तीमा डी प्लस र अन्य दुई विषयमा कम्तीमा सी ग्रेड ल्याएका विद्यार्थीहरुले ।
-टी. एस.एल.सी. मा ६६.६७ प्रतिशत अंक प्राप्त गरेका विद्यार्थीहरुले ।
-एस. इ.इ. मा ३.६ जि.पि.ए. वा सो भन्दा बढी ल्याउनेलाई र प्रवेश परीक्षामा प्रथम हुनेलाई पूर्ण छात्रबृत्तिको व्यवस्था गरिने ।

मित्रता मा.वि. मा नै किन अध्ययन गर्ने त ३ बर्षे डिप्लोमा इन एग्रीकल्चर (बालीविज्ञान) ?

– बाली विज्ञान विषय प्रयोगात्मक भएकोले यसका लागी प्रशस्त जग्गा आवश्यक पर्ने भएकाले विद्यालयको स्वामित्वमा २०० रोपनी सिञ्चित जग्गा भएकोले ।
– यस विद्यालयको सेवा क्षेत्रभित्र रहने अधिकाँश व्यक्तिहरुको तरकारी तथा पशुपालन व्यवसायको साना ठूला धेरै कृषि व्यवसायिक फर्म रहेकोले त्यसलाई भविष्यमा यस शिक्षाबाट सहयोग पुग्ने भएकोले ।
– टाढाबाट आउने विद्यार्थीहरुका लागी विद्यालयको आफ्नै निजी सवारी साधनबाट आवतजावतमा सहयोग पुग्ने भएकोले ।
– विद्यालय समय बाहिर आयआर्जन गर्न चाहने विद्यार्थीका लागी उनीहरुको चाहनाअनुसार जग्गा, प्रविधी, उपकरणहरु उपलब्ध गराई स्वरोजगारमा प्रोत्साहन दिँदै पढदै, कमाउँदै गर्ने अवस्थाको श्रृजना गर्न खोजिएकोले ।
– कम्प्युटर, विज्ञान र कृषि प्रयोगशालाको प्रयाप्त व्यवस्था भएकाले ।
– प्रत्येक वर्ष अन्तिम परीक्षामा उत्कृष्ठ हुने छात्रबृत्तिको व्यवस्था मिलाइने भएकोले ।
– यस विद्यालयको सो कार्यक्रमको लागी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोन तनहुँले आफ्नो कार्य सूचीमा विविध प्रकारको सहयोग उपलब्ध गराउने भएकाले ।
– शैक्षिक भ्रमण, प्रदर्शनी र विषयगत अवलोकनको कार्यक्रम हुनुको साथै छात्रावासको व्यवस्था हुने भएकोले ।
– दक्ष, अनुभवी तथा योग्य विषयगत शिक्षकहरुबाट मल्टिमिडिया मार्फत पढाई हुने भएकोले ।
– Physics, Chemistry लगायतका विषयहरुको लागी निशुल्क अतिरिक्त कक्षा सञ्चालन गरिने भएकोले ।

३ बर्षे डिप्लोमा इन एग्रीकल्चर (बालीविज्ञान) को फाराम कहिलेसम्म भर्ने ?

– २०७६ साल श्रावण १२ गतेसम्ममा प्रवेश परीक्षाको फाराम भरिसक्नुपर्नेछ ।
प्रवेश परीक्षा कहिले हुन्छ ?
– प्रवेश परीक्षा मित्रता मा.वि. मा २०७६ साल श्रावण २२ गते विहान ७ वजेदेखि हुनेछ ।

सीट सिमित भएकाले समयमै सम्पर्क गरौं ।

 

सम्पर्कका लागी ः
श्री मित्रता माध्यमिक विद्यालय
आँबुखैरेनी गाउँपालिका वडा नं. १
सत्रसय, तनहुँ ।
फोन नं. ः ०६५ — ४०२०३५
इमेल ः mitrata.school2028@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker