समाजसेवी पन्तले गरे अंगदान

अमरराज नहर्की, तनहुँ समाचारदाता

तनहुँ .

व्यास नगरपालिका–२ दमौली निवासी समाजसेवी माधवबहादुर पन्तले मरणोपरान्त अङ्गदानको घोषणा गर्नु भएको छ । नेपाल कम्प्युनिष्ट पार्टीको सस्थापक नेता पुष्पलाल श्रेष्ठको दमौलीमा गरिएको स्मृति सभामा मङ्गलबार पन्तले अङ्गदान दिने घोषणा गर्नु भयो ।

चिकित्सा अध्ययन गर्ने विद्यार्थी तथा अङ्ग प्रत्यारोपणमा मद्धत पु¥याउन मरणोपरान्त अङ्गदान गरेको समाजसेवी पन्तले बताउनुभयो । ‘मस्तिष्क मृत्यु भएपछि मुटु, फोक्सो, सानोआन्द्रा, कलेजो, अग्नाशय, मिर्गौला, आँखा लगायतका अङ्ग निश्चित समयभित्र उपयोगमा ल्याउन सकिन्छ ।’ त्यसैले दान दिने निधो गरेको हुँ, समाजसेवी पन्तले भन्नुभयो । लायन्स क्लब इन्टरनेशनल ३२५ बी एकका इमरजेन्सी डिमार्टमेन्टको प्रमुख समेत रहनु भएका समाजसेवी पन्तले आम मानिसमा जनचेतना जगाउन अङ्गदानले मद्धत पुग्ने विश्वास कार्यक्रममा व्यक्त गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानको विशेष उपस्थितीमा समाजसेवी पन्तले अङ्गदानको घोषणा गर्नु भएको हो । कार्यक्रममा नेकपाका व्यास नगरका अध्यक्ष श्रीराम कार्कीले समाजसेवी पन्तले अङ्गदान गरेर जनचेतना फैल्याउन ठुलो मद्धत पुगेको बताउनुभयो । ‘मरणोपरान्त अङ्गदानले अर्को विरामीको ज्यान बचाउन सकिन्छ भन्ने कुरा धेरैलाई थाहा छैन व्यापक चेतना पैmल्याउने गरी प्रचार गर्नेको हो भने धेरैको ज्यान बचाउन सकिन्छ ।’कार्कीले भन्नुभयो ।

चिकित्सकका अनुसार मुटु छ घण्टा, फोक्सो आठघण्टा, सानोआन्द्रा दश घण्टा, कलेजो १५ घण्टा, अग्नाशय २४ घण्टा र मिर्गौला २४ घण्टा मस्तिष्क मृत्युभएपछि पनि प्रत्यारोपण गर्न सकिन्छ । मस्तिष्क मृत्युपछिको अङ्गदानका लागि कुनै व्यक्तिको मृत्यु अस्पतालको सघन उपचार कक्षमा हुनुपर्छ । घरमा मृत्यु भएकाको निर्धारित समयभित्र मात्र आँखा दान सम्भव हुन्छ । अङ्गदान सम्बन्धी ऐन तथा नियमावली कार्यान्वयनमा आइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालका सडक दुर्घटनाबाट मात्र वर्षेनी एक हजार तीन ३०० को अकालमा मृत्यु भइराखेको छ ।

अर्कोतर्फ मिर्गौला प्रत्यारोपणका लागि मात्र तीन हजार भन्दा बढी बिरामी अस्पतालमा पालो कुरेर बसिरहेका छन् । शल्यक्रिया कक्षमा मस्तिष्क मृत्यु भएको अङ्गदाताको शरीरबाट उसले दान दिने घोषणा गरेको अङ्गलाई निकालिने र चिरफार गरेको ठाउँमा टाँका लगाइ शवलाई कुनै विकृत नबनाइने गरिन्छ । वीरअस्पताल, त्रिविवि शिक्षण अस्पताल, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दमा मिर्गौला प्रत्यारोपण हुनेगर्दछ । ती अस्पतालले कलेजो प्रत्यारोपणको समेत आन्तरिक तयारी शुरु गरेको बताईन्छ ।

समाजसेवी पन्तले हालै दमौली स्थित व्यास गुफा जाने बाटोमा प्रमुख जिल्ला अधिकारी निवास नजिकै २ लाख ७५ हजार रुपैयाँ खर्च गरेर लायन्स चौतारी निमार्ण गर्नु भएको छ । पन्तले डेढ वर्ष अघि देवघाटमा आयोजना गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा त्यहाँ स्थित सस्कृत आध्यामिक विद्यालयमा आफ्नो बुबा बुद्धिबहादुर पन्त र आमा पवित्रा पन्तको सम्झनामा एक लाख एक हजार एक सय ११ रुपैयाँ रुपैयाँको अक्षयकोष स्थापना गरिदिनु भएको थियो । यस्तै समाजसेवी पन्तले केही समय अघि दमौली स्थित वृद्धाआश्रमलाई पनि सहयोग गर्नु भएको थियो । समाजसेवी पन्त दमौली स्थित जिल्ला बाल सङ्गठनको भवन निमार्ण , कालिका जङ्गलपार्क निमार्ण लगायतमा पनि योगदान दिनुभएको छ । समाजसेवी पन्तलाई नागरिक राष्ट्रिय जनसरोकार अभियान र लायन्स क्लब इन्टरनेशनल ३२५ बि एक ले समाज सेवामा उत्कृष्ट काम गरे बापत पुरस्कृत गरिसकेको छ ।

Back to top button