पालुङटार ७ च्याङलीमा सडकको दुरावस्था, सम्बन्धित निकायले ध्यान दिएन ।

रविन्द्र कंडेल
श्रावण —८, गोरखा ।


पालुङ्टार नगरपालिकाको वडा नं. ७ च्याङ्लीमा वडा कार्यालय बाट २०० मिटर को दूरीमा पर्ने डोटीपिल भञ्ज्याङको ओरालोमा हिजोआज लगातार गाडी फस्ने र डोजरले तानेर निकाल्नुपर्ने भएको छ ।
च्याङ्ली बिरुवाटार हुँदै खत्रीटार, पौवाटार, कमलटार हुँदै सेरासम्म चल्ने तथा नगरपालिका कार्यालय ठाँटीपोखरी जाने यस सडकमा बर्षा लागेसंगै समस्या बढन थालेको छ । वडाका अधिकाँश सडकहरुको स्तरोन्नती भएको अवस्थामा नयाँपुल बिरुवाटार खत्रीटार सडक खण्ड भित्र अत्यन्त जोखिम बढन थालेको छ ।
लगातार रुपमा दिनदिनै गाडीहरु फस्न थालेपछि यात्रुहरुले सास्ती भोग्नुपरेको छ । मुख्य गरी डोटीपिपलमा अत्यन्त कठिन भएकोले लगातार २÷३ दिनसम्म गाडी फसेर डोजर ले धकेलेर निकाल्नुपरेको सवारी सञ्चालक हरुले बताएका छन् ।
सो सडक हुँदै डुम्रेका ३ वटा वोर्डिङ स्कूलका वससहित दैैनिक रुपमा ठूला तथा साना सवारी साधनहरु प्रसस्त गुडने गर्दछन् ।
सडकको यो दुरावस्थाका बारेमा वडाका जनप्रतिनिधी देखि मेयरसम्म कुरा दर्शाउँदा समेत कसैले ध्यान नदिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।
उक्त सडक खण्ड नगरपालिकाको वडा नं. ७ र ८ जोडने सडक खण्ड समेत हो ।
यस वडाप्रवेश को नाका नयाँपुलमा हेभी मोटरेबल पुल बनेसंगै ठूला सवारी साधनहरु प्रसस्त मात्रामा भित्रिने तर सडकको क्षमता पर्याप्त नहुँदा यस्ता समस्या बढेको भएता पनि तत्कालीक रुपमा सञ्चालनको लागी स्थानीय सरकारले आवश्यक पहलकदमी समेत नलिएको स्थानीयहरुको गुनासो रहेको छ ।

Back to top button