बिरूवाटारमा ४०० बाेट गांजा नष्ट

रविन्द्र कंडेल

श्रावण ५, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ च्याङलीकाे बिरूवाटारमा प्रहरीले ४०० बाेट गांजा नष्ट गरेकाे छ ।

वडा नं ७ काे बिरूवाटार नजिकै बाट विभिन्न स्थानहरूबाट साे परिणामको गांजा नष्ट गरेकाे हाे ।

विभिन्न स्थानहरूमा गांजाखेती भएको जानकारीका अाधारमा खाेजी गरि नष्ट गरिएकाे र क्रमशः अन्य स्थानहरूमा पनि खाेजी भईरहेकाे अस्थायी प्रहरी पाेष्ट बिरूवाटारका इन्चार्ज मदन अाचार्यले बताउनुभयाे ।

 

Back to top button