न्यूजिल्याण्डलाई हराउँदै इङल्याण्डले पहिलो पटक आइसीसी एकदिवसीय विश्वकप क्रिकेट २०१९ को उपाधि

न्यूजिल्याण्डलाई हराउँदै इङल्याण्डले पहिलो पटक आइसीसी एकदिवसीय विश्वकप क्रिकेट २०१९ को उपाधि जितेको छ । सुपर ओभरमा पनि न्यूजिल्याण्डले समान १५ रन बनाएपछि इङल्याण्डले ऐतिहासिक विश्वकपको उपाधि जितेको हो ।

सुपर ओभरमा इङल्याण्डले दिएको १६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले समान १५ रन बनाएपछि इङल्याण्ड विजयी भएको हो ।  अन्तिम बलमा २ रन आवश्यक हुँदा न्यूजिल्याण्डका व्याट्सम्यान दुई रन लिने क्रममा रनआउट भएपछि इङल्याण्डले ऐतिहासिक उपाधि जितेको हो । इङल्याण्डका जोफ्रा आर्चरले सुपर ओभरमा उत्कृष्ट बलिङ गरे । सुपर ओभरको पहिलो इनिङमा ट्रेण्ट बोल्टको बलमा इङल्याण्डले दुई चौका प्रहार गरेको थियो ।

यसअघि न्यूजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याएको इङल्याण्ड निर्धारित ओभरमा सबै विकेट गुमाउँदै २४१ रनमै अलआउट भएको थियो । अन्तिम बलमा २ रन आवश्यक छदा इङल्याण्डले एक रन मात्र पुरा गर्न सकेको थियो । इङल्याण्डको जितमा बेन स्कोटक्स नायक बने । उनले ८४ रनको अविजित पारी खेले भने सुपर ओभरमा पनि ३ बलमा ८ रन बनाए ।

Back to top button