
पालुङटार, असार १८ गते
यूकेएड सक्षम एक्सेस टु फाइनान्सले २०७२ को भूकम्प प्रभावित लाभग्राहीहरूका लागि सहुलियत ऋणसम्बन्धी तीन दिने सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रम आषाढ १६ देखि १८ सम्म क्रमशः गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका तथा पालुङटार नगरपालिका गरी तीन स्थानहरूमा सञ्चालन सञ्चालनको योजना रहेको छ ।
जस अन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वैदेशिक सहायता समन्वय शाखाका शाखा प्रमुख श्री दिव्य राज पोख्रेल र प्राधिकरणकी बैङ्किङ समन्वय विशेषज्ञ श्री नमिता पौडेल आषाढ १८ गते पालुङटार नगरपालिकामा सम्पन्न सचेतना कार्यक्रममा उपस्थित हुनुभयो । सक्षम एक्सेस टु फाइनान्सका आवास पुननिर्माण आयोजनाका गोरखा जिल्ला संयोजक श्री उद्धब राज सुवेदीले कार्यक्रममा उपस्थित सहभागीहरुलाई स्वागत गर्नुभएको थियो ।
यस कार्यक्रमका सभापति अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, गोरखाका प्रमुख श्री रामशरण आचार्य हुनुहुन्थ्यो । त्यसैगरी प्रमुख अतिथिमा पालुङटार नगरपालिकाका प्रमुख श्री दीपक बाबु कँडेल र अतिथिमा पालुङटार नगरपालिकाका उपप्रमुख श्री पम्फा वसेल (हुनुहुन्थ्यो ।
उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका श्री पोख्रेलले सहुलियत ऋणसम्बन्धमा प्रस्तुती गर्नुभएको थियो । सक्षम एक्सेस टु फाइनान्सले सहुलियत ऋणको प्रक्रिया तथा उक्त प्रक्रियालाई आवश्यक पर्ने विभिन्न कागजातहरूको सूची लगायतका सहुलियत ऋणका विभिन्न पक्षहरूका बारेमा जानकारी दिने विवरण ९दचयअजगचभ० पनि वितरण गरेको थियो । कार्यक्रममा सक्षम एक्सेस टु फाइनान्सका आवास पुननिर्माण आयोजना प्रमुख श्री विभु प्रसाद अर्यालले भूकम्प प्रभावित लाभग्राहीहरूलाई सहुलियत ऋण तथा वित्तीय साक्षरताको महत्वका बारेमा प्रकाश पार्दै उनीहरुको प्रश्नको उत्तर दिनुभएको थियो ।
सक्षम एक्सेस टु फाइनान्स, यूकेएडबाट वित्तीय सहयोग प्राप्त कार्यक्रम हो जुन नेपाल सरकार र संयुक्त अधिराज्यबीचको सम्झौताको एउटा हिस्सा हो । यसलाई नेपालमा स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको साझेदारीमा डिएफआइडी नेपालका लागि लुइस बर्जरले कार्यान्वयन गरिरहेको छ ।