
कविराज ढकाल गोरखा नेपाल || हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिँकिदै गर्दा लोक तथा दोहोरी गायिक गायिकाले धेरै तिजको गितहरु बजारमा ल्याऊनु भएको छ | नेपाली नारीहरु वास्थविक कहानी , पिर व्यथा , हर्ष उमगंं आदी प्रसंग जोडेर गित रचना गरिएको पाईन्छ | यसै क्रममा गोरखाकी चर्चित गायिक सरिता कार्किले नया तिज गित वजारमा ल्याएकि छिन् | सरिता कार्किको जादुमय स्वरमा सजिएको उक्त गित एकल तिज गित रहेको छ |
सरिता कार्कि पहिले देखी नै हिट गायिका हुन् | उनको आवाजमा सजिएका गितहरु सबै चर्चाको शिखरमा छन् | लाऊछ माया , खोलीमा जलुका , गुरास फुल्ने ठाऊतिर , मायालु हजार , जुनकिरी , बदमास , दुनिया चितपारी , छोप्नै पर्ने ठाऊ छोप्दिनऊ , पातलो जिऊ , आदि धेरै छन् |
तिजको अवसर पारेर बजारमा आएको गित “संगि” मा सरिता कार्किको स्वर रहेको छ भने उक्त गितमा करन न्यौपानेको उत्कृष्ट लय शब्द रहेको छ |
पछिल्लो समय निकै हिट मोडल अन्जली अधिकारी र देबेन्द्र छेत्रीको अभिनय रहेको छ | अत्याधिक चर्चामा रहेकि मोडेल अन्जलिको खतरा डान्स रहेको छ | उक्त गितको निर्देशन शंकर वि सी ले गरेका छन् भने छायाकन दुर्गा पौडेल र सम्पादन नविन धर्ति मगरले गरेका छन् |
यस गीत गायिका सरिता कार्कीले आफ्नै युट्युब च्यानल Saritakarki official youtube channel मार्फत सार्वजनिक गरेकी हुन् ।
भिडियो