जिल्ला बुद्धिचाल सङ्घमा पोख्रेल

तनहुँ समाचारदाता
तनहुँ, असार १४ गते ।
जिल्ला बुद्धिचाल सङ्घ तनहुँको सातौं अधिवेशनले भरत पोख्रेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्ष बिजयराज खनाल,सचिवमा सानेबहादुर नेपाली र कोषाध्यक्षमा चिजकुमार श्रेष्ठ चयन हुनु भएको छ ।
सदस्यहरुमा प्रेमकुमार श्रेष्ठ, चन्द्रकुमार कायस्थ, उजेली पोख्रेल, कृतिमान श्रेष्ठ,दिलु श्रेष्ठ रहनु भएको छ । केन्द्रिय प्रतिनिधीमा चन्द्रमोहन अधिकारी र सुशील रेग्मीलाई चयन गरेको छ । अधिवेशनमा निर्वाचित पदाधिकारीहरुलाई जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष ऋषीराम भुसालले शनिबार प्रमाणपत्र प्रदान गर्नु भयो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहुन भएका अध्यक्ष भुसालले खेलकुदका विभिन्न १९ वटा सङ्गठन मध्य बुद्धिचाल महत्व पूर्ण मानिएको उल्लेख गर्दै समितिले यस खेलको विकासको लागि मद्धत गर्ने बताउनुभयो ।
साथै अध्यक्ष भुसालले यस खेलको विकासको लागि विद्यालय÷विद्यालयमा विभिन्न प्रतियोगिता गराएर नव गठित कार्य समितिले सक्रियता देखाउन सुझाव दिनुभयो । जिल्लामा भलिबल खेल बाहेक अन्य खेलहरु निष्क्रिय रहेको उल्लेख गर्दै सबै खेललाई सक्रिय बनाउन आवश्यक रहेको उहाँले औल्याउनुभयो । सो अवसरमा नव निर्वाचित अध्यक्ष पोख्रेलले तनहुँमा राष्ट्रव्यापी स्तरीय बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Back to top button