ग्रामिण क्षेत्रका विद्यार्थी पढ्नमा अब्बल

अमरराज नहर्की
तनहुँ, असार १४ गते । सहरका भन्दा ग्रामिण क्षेत्रबाट अध्ययन गर्न आउने विद्यार्थीको नतिजा राम्रो निस्कने गरेको पाईएको छ । तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले नेपालकै उत्कृष्ट नतिजा ल्याएर ग्रामिण क्षेत्रका विद्यार्थी पढ्नमा अब्बल हुन्छन् भन्ने उदाहरण देखाएका छन् ।
यस क्याम्पसका अधिकांश विद्यार्थी ग्रामिण क्षेत्रबाट पढ्न आउँछन् । तनहुँको अतिरिक्त लमजुङ, गोरखा र कास्की जिल्लाका विद्यार्थी समेत दैनिक गाडी चढेर आवत÷जावत गर्ने तथा केही विद्यार्थी दमौलीमा नै बसेर पढ्ने गर्छन् । यस वर्ष प्राप्त गरेको उत्कृष्ट नतिजाले यो क्याम्पस नेपालकै नमुना क्याम्पस बन्न सफल भएको छ । यो वर्ष मात्रै क्याम्पसले तीन वटा पुरस्कार प्राप्त गरिसकेको छ भने थप एक पुरस्कार प्राप्त गर्नको लागि छनोटमा परेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बस्नेत उत्कृष्टमा छनोट भए पछि काममा हौंशला मिलेको बताउनुहुन्छ । उचित वातावरण पाए भने ग्रामिण क्षेत्रका विद्यार्थी पढ्नमा अब्बल हुन्छन् भन्ने प्राप्त नतिजाबाट देखिएको अध्यक्ष बस्नेत बताउनुहुन्छ । अध्ययन गर्ने २ हजार ४ सय विद्यार्थी मध्ये ९० प्रतिशत ग्रामिण विद्यार्थी रहेको क्याम्पसले जनाएको छ । अध्ययन गर्ने विद्यार्थी १८ प्रतिशत दलित, ७२ प्रतिशत विद्यार्थी सिमान्तकृत समुदायको रहेको प्रमुख महाप्रसाद हड्खडले महेसले जानकारी दिनुभयो । क्याम्पस प्रमुख हड्खलेले दिनुभएको जानकारी अनुसार स्थानीय बस व्यवसायी समिति, व्यासभूमी यातयात व्यवसायी समितिसँग समन्वय गरेर विद्यार्थीलाई आवत÷जावतको व्यवस्था मिलाईएको छ । तनहुँको डुम्रेबजारबाट एक वस विहान ५ बजे छुट्छ जहाँ गोरखाको पालुङटार नगरपालिकाका विद्यार्थी समेत अध्ययनको लागि आउने गर्छन् । यसैगरी व्यासनगरपालिकाको साँग र छाब्दीबाराहीबाट , म्याग्दे गाउँपालिकाको थर्पुबाट पनि गाडीको व्यवस्था मिलाईएको छ । लमजुङको मध्यनेपाल नगरपालिकामा पर्ने दुईपिप्लेबाट गाडीको व्यवस्था गरिएको छ । दुइपिप्लेबाट लमजुङका अतिरिक्तका कास्कीको पोखरा महानगरपालिकाको पोल्याङ, र तनहुँको व्यासनगरपालिका–६ मा पर्ने शिसाघाटबाट विद्यार्थी अध्ययनको लागि आउने गरेको क्याम्पस प्रमुख हड्खले बताउनुहुन्छ ।
टप म्यानेजमेन्ट क्याम्पस –
क्याम्पस यस बर्ष नेपालका १ हजार ८ सय ५४ क्याम्पस मध्ये एम बि एस कार्यक्रममा उत्कृष्ट क्याम्पसको अवार्डबाट सम्मानित भएको छ । न्यु बिजनेस एजले नेपाल भर व्यवस्थापन बिषयमा पढाई हुने क्याम्पसहरुको अध्यन अध्यापन, नतिजा, पुर्वाधार र व्यवस्थापनलाई आधार मानेर उत्कृष्ट क्याम्पस छनौट गर्ने क्रममा आदिकवि परेको हो । एजले आयोजना गरेको न्यूबिज –स्कुल रेटिङ ¥याकिङ अर्वाड २०१९ मा नेपालको उत्कृष्ट एमबीएस कलेज, दोस्रो पब्लिक कलेज तेस्रो उत्कृष्ट बीबीएस कलेजको उपाधि प्रदान गरिएको छ । उत्कृष्ट उच्च शैक्षिक संस्था र बिजनेस सङ्घ ,सस्थाहरुलाई सन् २०१३ देखि हरेक बर्ष उक्त अवार्ड प्रदान गर्दै आइरहेको छ । एक साता अघि शुक्रबार काठमाडौमा आयोजना गरिएको बि स्कुल कनक्लेभ तथा अवार्ड समारोहमा यस क्याम्पसलाई तीन वटा अर्वाड प्रदान गरियो । अवार्ड शिक्षा सचिव खगराज बराल तथा न्युज बिजनेस एजका अध्यक्ष मदन लम्सालले क्याम्पस प्रमुख हड्खलेलाई पुरस्कार प्रदान गर्नुभयो । सामुदायिक क्याम्पसमा नेपालको दोश्रो उत्कृष्ट क्याम्पसको अवार्ड पनि सोही अवसरमा प्रदान गरियो । नेपालमा करिब ६ सय सामुदायिक क्याम्पसहरु रहेका छन् । क्याम्पस प्रमुख हड्खलेका अनुसार गत वर्ष पनि एमविएसमा नेपाल टप हुन सफल भएको थियो । विद्यार्थीलाई वार्षिक रुपमा २० लाख रुपैयाँको छात्रवृत्ति, र त्रिभुवन विश्वविद्यालयकै स्तरमा कर्मचारीलाई तलब भक्ता दिईने गरिएको भए पनि सरकारले कुनै पनि सहयोग नगरेको क्याम्पस प्रमुख हड्खले बताउनुहुन्छ ।
त्रिभुवन विश्वविद्यालयबाट पनि उत्कृष्ट ठहर –
त्रिभुवन विश्व विद्यालयको समेष्टर प्रणाली अन्तगर्त स्नातकोत्तर तहको पहिलो वर्ष यो क्याम्पस देशभरकै उत्कृष्ट बन्न सफल भएको छ ।
हालै प्रकाशित नतिजामा एमबिएसतर्फ ८८ प्रतिशत र एमएडतर्फ ५३ प्रतिशत विद्यार्थी उतिर्ण भई नेपालको सबैभन्दा उत्कृष्ट बनेको त्रिभुवन विश्वविद्यालयले जानकारी दिएको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिनुभयो ।
‘समृद्धिको लागि जनसहभागितामा गुणस्तरीय शिक्षा’ भन्ने नाराका साथ स्थापित क्याम्पसले छ वर्ष अगाडि विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तरीय सुनिश्चितता प्रत्यायन(क्यूएए) मान्यता प्राप्त गरिसकेको छ ।
जिल्लावासीमा खुसीयाली
। समुदायबाट सञ्चालित यस क्याम्पस नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल भएपछि जिल्लावासीहरुमा खुसीयाली छाएको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नामबाट स्थापित यस क्याम्पस उत्कृष्ट क्याम्पस भई नमुना बनेको खुसीयालीमा शुक्रबार दमौलीमा बाजा÷गाजा सहित ¥याली निकालिएको छ । ¥यालीमा विद्यार्थी , अभिभावक, शिक्षक , प्राध्यापक, ब ुद्धिजिवी, व्यावसायी, विभिन्न राजनैतिक पार्टीका नेताहरु ठुलो भिड लागेको थियो । ¥यालीले दमौली बजारको परिक्रमा गरेको थियो ।

Back to top button