प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सडक किनारामा २०० मिटर नाला निर्माण

रविन्द्र कंडेल
असार १४, गोरखा ।
पालुङ्टार नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गइरहेको छ । नगरपालिकाको वडा नं. ७ ले वडाभित्र रहेका विभिन्न स्थाहरुमा फरक फरक काम गररेको छ । वडाको केन्द्रको रुपमा रहेको बिरुवाटार बजार क्षेत्रको नाली खन्ने काम प्रमुख रहेको वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुुभयो । त्यस्तै गरी बजार क्षेत्र एवं वडाको सवैभन्दा ठूलो विद्यालय जीवन ज्योति मा.वि. हाताभित्र सरसफाई वडा कार्यालयको कम्पाउण्ड वाल लगाउने काम र ठाँटीटारको बाटोमा लामो समयदेखि ढलेर बसेको रुख हटाउने काम समेत सो योजनाबाटै सम्पन्न गरिएको छ । यस वडाभित्र रोजगार कार्यक्रममा भाग लिन इच्छुक निवेदकमध्ये ५२ जना रोजगारीको लागी छनौटमा परेका थिए । बिरुवाटार बजार क्षेत्रमा २०० मिटर नाला खन्ने काम समेत सो क्रममा गरिएको बताइएको छ ।
त्यस्तै गरी नगरपालिकाका अन्य वडाहरुमा समेत विभिन्न खालका प्रभावकारी कामहरु गरिएको नगरपालिकाका रोजगार संयोजक बिबेक कुमार पण्डितले जानकारी दिनुभयो ।
त्यस्तै गरी नगरपालिका वडा नं. २ का लागी वडाका ५ सय ५५ जनाले फर्म भरेकोमा ८३ जनामात्र छनौट सूचीमा परेका थिए । उनीहरुलाई १०० दिनको रोजगारी दिने नेपाल सरकारको निती अन्तर्गत यस वर्ष ३० दिन काम पाउने भएका छन् । छनौट भएका कामदारलाई नगरपालिकाले प्रतिदिन रु.७०० का दरले पारिश्रमिक दिने घोषण गरेको छ । विभिन्न स्थानहरुमा यस कार्यक्रमको प्रभावकारीतामाथि प्रश्न चिन्ह उठिरहेको बेला यस वडामा भने मानिस हिडने पैदल बाटोमा ढुङ्गाको सिँढी लगाउने काममा लगाएको वडाध्यक्ष वाग्लेले बताउनुभयो । वडाका विभिन्न ६ स्थानहरुमा उक्त कामको शुरुवात गरिएको उहाँले बताउनुुभएको छ । उहाँका अनुसार छनौटमा परेका ८३ जनामात्र नभई अन्य कामदारहरु समेत परिचालन गरी काम छिटो सक्ने योजनाका साथ अघि बढेको वताइएको छ ।
कार्यक्रमका लागी वडा नं. १ बाट ३४ जना, वडा नं. २ बाट ८२ जना, वडा नं. ३ बाट २७ जना, वडा नं. ४ बाट ८० जना, वडा नं. ५ बाट २१ जना, वडा नं. ६ बाट २७ जना, वडा नं. ७ बाट ५२ जना, वडा नं.८ बाट २२ जना, वडा नं. ९ बाट २५ जना र वडा नं. १० बाट २७ जना गरी कूल ३९७ जना छनौटमा परेका थिए ।

Back to top button