पालुङटार ७ को वार्ड भेला सम्पन्न, भूगाेल र सामर्थ्यका अाधारमा बजेट बिनियाेजन गरिने

रविन्द्र कंडेल
असार १४, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ को वार्ड भेला वडाध्यक्ष वसन्तकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । वडाको लागी आगामी वर्ष ०७७÷७८ को योजना तर्जुमा गर्ने उद्धेश्यका साथ आयोजित वार्ड भेलामा प्रमुख अतिथिको रुपमा बोल्दै पालुङ्टार नगरपालिकाका नगरप्रमुख इ. दिपकबाबु कंडेलले यस नगरपालिकाको समग्र विकासको लागी जनतासंग सदैव सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो । सोही अवसरमा बोल्दै उहाँले शासन नितीले गर्नुपर्ने हुँदा निती नियम भन्दा बाहिर कोही पनि जान नसक्ने र निती नियम उल्लंघन गर्ने कसैलाई पनि आफूले नबचाउने बताउनुभयो । साथै उहाँले वडा नं. ७ धेरै पहिलेदेखि नै व्यसायमुखी रहेको भएतापनि आम्दानीलाई सहि रुपमा सदुपयोग गर्न नसक्दा पछि परेको हुँदा व्यवस्थित तथा रुपमा व्यवसायिक खेती प्रणालीमा ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै गरी बिशेष अतिथिको रुपमा बोल्दै नगर उप प्रमुख पम्फा बसेलले जनचासो र जनजिविकासंग सम्बन्धित कुराहरुमा नगरपालिका सदैब अग्र स्थानमा रहने र जनमुखी काम गरी अघि बढने बताउनुभयो । सो क्रममा उहाँले नगरपालिकाभित्र भएका अवाञ्छित गतिबिधिहरुमा विनाबर्दीका प्रहरी को रुपमा रहेका जनताहरुले खबरदारी गरेमा मात्र सही रुपमा बिकास हुने बताउनुभयो ।
नगर कार्यपालिका सदस्य सावित्रा वि.क. ले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा वडा नं. ७ की वडा सदस्य भगवती कुुमाल, जुडिखोला टोलविकास समितिका अध्यक्ष अर्जुन पाण्डे लगायतकाले मन्तव्य राखेका थिए । वडा नं. ७ भित्रका समग्र योजनाहरुलाई प्राथमिकता क्रममा राखी योजना छनौट गर्नको लागी कार्ययोजना अघि बढाइएको वडा कार्यसमितिले बताएको छ ।
वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले भूगोल र सामथ्र्यका आधारमा वार्डको समानुपातिक विकासका लागी प्राथमिकताका आधारमा योजनाहरु छनौट गरिने बताउनुभयो ।
वडा नंं ७ का जेष्ठ वडा सदस्य देवीलाल कुमालले कार्यक्रममा आफ्नो भनाई राख्न नपाएको भन्दै असन्तुष्ट रहेको बताउँदै कार्यक्रमबाट बाहिरिएका थिए । तर वडाध्यक्ष श्रेष्ठले भने नियतवस रुपमा नभई कार्यक्रम सञ्चालनको क्रममा सामान्य त्रुटी भएकोले उहाँले इस्यु बनाउनुहुँदैनथ्यो भन्नुभयो । हतारमा उहाँले निर्णय गर्नुभयो पछि कुल डाउन भएपछि फेरी सहजरुपमा आउने समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Back to top button
Close