च्याङ्ली स्वास्थ्य चौकीमा समुदाय प्राप्ताङ्क बोर्डको अभिमुखीकरण कार्यक्रम सम्पन्न

रविन्द्र कंडेल
असार ८, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित च्याङ्ली स्वास्थ्य चौकीमा समुदाय प्राप्ताङ्क बोर्डको एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकोे छ ।
सुआहारा कार्यक्रम गोरखाको आयोजना र च्याङली स्वास्थ्य चौकीको व्यवस्थापनमा वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अभिमुखीकरण कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारीहरु, महिला स्वास्थ्य स्वंयसेविका तथा सेवा प्रदायकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले आफ्नो स्वास्थ्य चौकीमार्फत प्रदान गरिने सेवाहरुका बारेमा जानकारी दिनुभएको थियो । सोही अवसरमा नेपाल सरकारद्धारा प्रदान गरिएका सूचकहरुका बारेमा अध्ययन र विश्लेषण गरी सूचकहरुको आधारमा कमी भएका सूचकहरुलाई सुदृढ पारी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गर्न सकिने प्रयासहरुका बारेमा समेत चर्चा गरिएको थियो ।
पद्धती विकास सेवा केन्द्र गोरखाका फिल्ड संयोजक एवं सुुआहारा परियोजनाका बिक्रम तामाङ, सुआहारा गोरखा MNCH/Gesi अधिकृत रजनीकान्त चौधरी र सुआहारा गोरखाका फिल्ड सुपरभाइजर अमिन दिन मिया ले कार्यक्रमको सहजाीकरण गरेका थिए ।

Back to top button