पालुङटार ८ ले आफ्नै भवनबाट सेवा शुरु गर्यो

रविन्द्र कंडेल
असार २, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ८ ले असार १ गतेदेखि आफ्नै भवनबाट सेवा शुरु गरेको छ । यसअघि वडा कार्यालयको आफ्नै भवन नहुँदा भाडामा सञ्चालन गर्नुपरेको थियो । भाडामा सञ्चालन गर्दा विविध कठिनाईहरु भएता पनि अब आफ्नै भवनबाट सेवा दिन थालेपछि केही सहज हुन थालेको वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलले बताउनुभयो । नवनिर्मित वडा कार्यालयको भवनमा कोठा रहेका छन् । वडा कार्यालयको भवन धुवाँकोटको लामाटार मा रहेको छ ।
यस नगरपालिका भित्र रहेका १० वटा वडाहरुमध्ये ३,५,९ वडाहरुले अहिलेसम्म भाडामा रहेका घर तथा कोठाहरुबाट सेवा दिइरहेका छन भने केही वडाहरुले भने साविकको गाउँ विकास समितिको कार्यालय रहेका भवनहरुबाट सेवा दिइरहेका छन् । साविकको गा.वि.स.भवनबाटै सेवा दिइरहेका वडाहरुमा वडा नं. २, ६,र ७ रहेका छन् ।
अहिलेको परिवर्तित अवस्थामा आफ्नै भवन नहुँदा र भएका हरुमा पनि पुराना भवन हरुबाट सेवा दिँदा सन्तोषजनक रुपमा सेवा प्रवाह गर्न कठिन भएको वडाध्यक्षहरुले बताएका छन् । वडा नं. ६ ले अहिलेसम्म साविककै गा.वि.स. भवनबाट सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीहरुका लागी अपाएक परेका कारण समस्या भएको वडा नंं ६ का वडाध्यक्ष गोविन्द बराकोटीले बताउनुभयो । साविक गाइखुर गा.वि.स. रहँदाको भवनलाई हाल पाएक पर्ने स्थानमा सार्नुपर्ने रहेको बताउनुभयो । उहाँका अनुसार पायक पर्ने स्थानमा सार्नको लागी वडा बाट पटक पटक पहल गरिएको भएतापनि नगरपालिकाबाट प्रक्रिया अघि बढन नसकेको दुखेसो ब्यक्त गर्नुभयो ।

Back to top button
Skip Add
Close