अजिरकोट गाउँपालिकाको आवधिक विकास योजना तर्जुमाको दुरदृष्टि, उद्देश्य तथा रणनीति निर्धारण कार्यशाला गोष्ठी संम्पन्न

“दिगो विकास हाम्रो सोच,सुन्दर,शान्त,समृ¢ अजिरकोट” भन्ने मूल नाराका साथ अजिरकोट गाउँपालिकाको आवधिक विकास योजना तर्जुमाको दुरदृष्टि, उद्देश्य तथा रणनीति निर्धारण कार्यशाला गोष्ठी संम्पन्न गरेको छ| मटम्याकडोनाल्ड (पूर्णिमा परियोजना) को आर्थिक सहयोग, गाउँपालिकाको व्यवस्थापनमा तथा गाउँपालिका अध्यक्ष श्री फणिन्द्र प्रसाद धितालको अध्यक्षता संचालित तिन दिने कार्यशाला गोष्ठीमा अजिरकोट गाउँपालिकाको आगामी २५ बर्षको लक्ष्य, उद्देश्य, रणनीति तथा कार्यक्रमकोतथा अजिरकोट गाउँपालिकाको प्रथम पन्च बर्षिय आवधिक योजना (२०७५|७६ – २०८१|८२) र गाउँपालिकाको पार्स्वचित्रको समेत खाकातयार गरेको छ |कार्यशाला गोष्ठीमा CEMID नेपालको तर्फबाट नेपाल सरकारका पूर्व सचिव श्री पूर्ण चन्द्र भट्टराईको टिमबाट सहजीकरण भएको थियो |

गोष्ठीको समापन कार्यक्रम लाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्षले भन्नुभयो:-“ यस तिन दिने कार्यशालागोष्ठीमा छलफलका आधारमा आगामीअजिरकोट गाउँपालिकाको भबिस्य निर्धारण हुने भएकोले आगामी पाँच बर्षको लागि तयार गरिने नीति तथा कार्यक्रम कार्यन्वयनगरि अजिरकोटलाई सम्बृदी तर्फ अग्रसर गराउन सम्पूर्ण स्थानीय तथा सरोकारवाला निकायलाई आह्वान गर्दछु |” उक्त कार्यक्रममा आधारभूत आवश्यकताका साथै जैविक कृषि, पर्यटन तथा उद्ध्योग लाई विशेष प्राथमिकता राखी आगामी नीति तथा कार्यक्रम ल्याउने बताउनु भयो |

कार्याक्रममा गण्डकी प्रदेश संसद श्री हरिशरण आचार्य, जि.स.स. सयोजक श्री अशोक गुरुङ,जि.स.स. सदस्य मान प्रसाद धिताल, DLPIU का प्रमुख रामशरण आचार्य, गाउँपालिकाका अध्यक्ष श्री फणिन्द्र धिताल, उपाध्यक्ष श्री चन्द्रमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवाली लगाएत वार्ड अध्यक्षहरु, कार्यपालिका सदस्य, वार्ड सदस्य, बिभिन्न पार्टी प्रमुख तथा प्रतिनिधि, बुद्धिजीवी, जेष्ठ नागरिक प्रतिनिधि, अपाङ्ग प्रतिनिधि, एकल महिला प्रतिनिधि, कर्मचारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी सस्थाहरुको सहभागिता रहेको थियो

Back to top button