
कविराज ढकाल गोर्खा नेपाल || पछिल्लो समयमा पुर्णकला वि.सी को पनि सांगितिक बजारमा निकै चर्चा परिचर्चा रहेको छ | उनको गितहरु धेरै छन् र सबै गितहरु प्रसिद्द नै रहेका छन् | यसै क्रममा केहिदिन अगाडी गायिका पुर्णकला वि सी र गायक रामु गुरुङको स्वरमा “टाढा भैदियौ ” गित बजारमा आएको छ | जसमा शब्द र लय रामु गुरुङको रहेको छ | विना प्रमाण पनि आफुलाई मन परेको मान्छे आफुलाई घृणा गर्दै छुटिएको प्रंशगमा यस गितको कथावस्तु रहेको छ |
धादिङ्गका गायक राम गुरुङ नेपाली लोक दोहोरीलाई अत्यन्तै माया गर्ने एक अव्वल गायक पनि हुन् | उनि विदेशमा रहदा पनि ने पाली गित संगितलाई निकै माया गर्नुहुन्थ्यो |
हिम सम्झौता डिजिटलको उत्पादन वितरणमा रहेको गितमा चर्चित मोडेल एवम् निर्देशक धुर्व हिमालीले फरक शैली फरक कथावस्तुको साथमा निर्देशन गर्नुभएको छ भने करन चैसिरको ड्रोन / छायांकन र मनोज कार्किको सम्पादनमा रहेको छ |
गायक गुरुङ आफैले उक्त गितमा अभिनय गर्नुभएको छ भने र सगुन शाहिको पनि उतिकै मार्मिक अभिनयमा रहेको छ | राम र सगुन एकअर्कालाई निकै मन पराऊने र संगसंगै जिऊने बाच्ने बाचा कसम गर्दा पनि उनिहरुलाई कोही भिलेनका माध्यमबाट माया बसेको एकै महिनामै छुटिन बाध्य गराईएको छ एनाकी रामलाई सगुनले झापड दिएर छुटिएकि छिन् ||
उक्त गित Him samjuta digital को Offical youtube channel बाट बजारमा पठाईएको छ |
गुरुङको यो पहिलो एल्वम भएकोले सबैवाट सल्लाह सुझाव को अपेक्षा गरिएको छ | यहाहरुको यस्तो केही सल्लाह सुझाव भए उनको Facebook ID Ram gurung मा गएर राम्रो सकारात्मक प्रतिकृया दिनुहोला र उहाको अागामी यात्रा सफल रहोस् ||