
कविराज ढकाल गोरखा नेपाल || ‘प्रेमगीत ३’ नामक चलचित्रमा मुख्य अभिनेता सार्वजनिक गरिएको छ । निर्माण टिमले चलचित्रको मुख्य अभिनेता दर्शकसामु प्रस्तुत गरेको हो ।मनिस राऊत सार्वजनिक गरिएका छन् |
आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुनलागेको उक्त चलचित्रमा मनिष राउतले मुख्य अभिनेताको रुपमा डेब्यु गर्ने भएका छन् ।
मनिषले चलचित्र कलेज अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरेका छन् । उनले दर्जनौं लघु चलचित्रमा काम गरेका छन् । उनि निकै लोकप्रिय र चर्चित पनि रहेका छन् |
निर्माण टिमले राउतका केही क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा राउत बन्दुक र बन्चरोसहित देखिएका छन् ।
चलचित्रलाई छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेको हुन् ।
‘प्रेमगीत ३’ को लागि मुख्य अभिनेत्रीका लागि अडिसन चलिरहेका अभिनेता सार्वजनिक गरेको हो ।