बालबालिका संग मेयर कार्यक्रम सम्पन्न :

३१ जेठ २०७६ पालुङटार

NEWS 24 को कार्यक्रम वालवालिका संग मेयर आज पालुङटार नगरपालिका स्थित पा.न.पा सभा हल १२ पिर्केमा सम्पन्न भएको छ l उक्त कार्यक्रममा नगरप्रमुख श्री ई. दीपक बाबु कंडेल, नगर उप प्रमुख श्री पम्फा बसेल, प्रमुख प्रशासकीय अधिकृत श्री बिरेन्द्र देब भारती, नगर शिक्षा अधिकृत श्री शितल पाण्डे, माधव पोख्रेल, पा.न.पा क्षेत्र भित्रका विभिन्न स्कुलहरुका प्र.अ. स.प्र.अ. लगाएत बिधार्थी भाइबहिनीहरुको उपस्थित रहेको थियो l कार्यक्रममा विभिन्न स्कुलमा अध्यानरत विधार्थीहरुले आफ्नो समाजमा घटेका घटनाहरु, बिकास निर्माणमा पछी परेका ठाउहरु, आफु पढ्ने गरेको स्कुलमा भएका कमि कमजोरीहरुको वारेमा नगर प्रमुख संग प्रत्यक्ष प्रश्न गर्नुभएको थियो भने नगर प्रमुख ज्यु तथा उप-प्रमुख ज्यु प्रमुख प्रशासकीय अधिकृत ज्यु लगाएत शिक्षा अधिकृत माधव पोख्रेल ज्यु प्रश्नको जवाफ दिनुभएको थियो l नगर प्रमुख इ. दीपक बाबु कंडेल ज्यु ले कार्यक्रममा पा.न.पा नगरपालिकामा संचालनमा रहेको पैसा नलाग्ने टोल फ्री नम्बर १६६०६४४२००२ मा फोन गरि सिधा नगर प्रमुखलाइ प्रश्न, गुनासो तथा सुझाव दिनुसक्नुहुनेछ भन्नु हुदै समग्र शिक्षा क्षेत्रमा शैक्षिकस्तर उकास्नका लागि कुनै कसुर बाकि नराख्ने भन्नुभएको थियो l कार्यक्रम संचालन शिव अधिकारी ज्यु ले गर्नुहुदै रेकर्ड गरिएको कार्यक्रम यहि असार ४ गते बुधबार बेलुकी ९:०० बजे NEWS 24 टेलिभिजनवाट प्रशारण हुने कुरा जानकारी दिनुभयो l

Back to top button