वडा केन्द्रको माग गर्दै संघर्ष समिति

राजेश पौडेल
पालुङटार नगरपालिका वडा नं. २ मा वडा केन्द्रको माग गर्दै स्थानियले संघर्ष समिति बनाएका छन् । साविकको आँपपिपल गा.वि.स.को केहि वडा र साविकको खोप्लाङ्ग गा.वि.स.को केहि वडालाई मिलाएर पालुङटार नगरपालिकाको वडा नं.२ वनाइएको थियो । तर भौगोलिक कठिनाई भएको भन्दै साविकको खोप्लाङ्ग वडा नं. १,२,३ र छिमेकी गाउँका स्थानिय वासिन्दाले वडा केन्द्रको मााग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेका छन् । उनिहरुले वडा कार्यालय आफुरुलाई पायक पर्ने ठाउँमा नभएको भन्दै चापाभञ्ज्याङमा रहेको वडा केन्द्र ४ महिना जती मात्र सञ्चालन गरेर बन्द गरिएकोमा आपत्ती जनाएका हुन् । वडा कार्यालयले चापाभञ्ज्याङमा हप्ताको २ दीन वडा केन्द्रको रुपमा काम गर्दै आएको र अहिले त्यो पनि बन्द गरे पछि, उनिहरुले वडा केन्द्रको माग राख्दै महेन्द्र प्रसाद तिमल्सिनाको अध्यक्षतामा संघर्ष समिति गठन गरेर अस्ताक्षर अभियान चलाएका संघर्ष समितिका अध्यक्ष समेत रहेका तिमिल्सिनाले जानकारी दिएका छन् । तिमिल्सिनाको अध्यक्षतामा बनेको संघर्ष समितिको उपाध्यक्षमा बाबुराम नेपाली, सचिबमा गोकर्ण आचार्य, सहसचिबमा सुर्य प्रसाद न्यौपाने, कोषाध्यक्षमा लक्षमी देवी पोखरेल रहेको संघर्ष समितिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिएका छन् । सोहि अवसरमा अध्यक्ष तिमिल्सिनाले फलामखानीका ई. कृष्र्ण पोखरेलको संयोजकत्वमा सल्लाकार समिति बनाईएको र महिलाहरुको प्रतिनिधित्व गर्दै कमला देवकोटाको सक्रियतामा हस्ताक्षयर अभियान चलाइएको तिमिल्नििाले जानकारी दिइएका छन् ।

Back to top button
Close