नेपाल कुमाल समाज सुधार समिति गण्डकी प्रदेशको बैठक सम्पन्न

जेठ २५,

मिति २०७६ साल जेष्ठ २५ गते शनिवारका दिन नेपाल कुमाल समाज सुधार समिति, गण्डकी प्रदेशको बैठक लेखनाथ कास्कीमा कुमाल समाज भण्डारढीक समितिको सभाहलमा गण्डकी प्रदेशका संयोजक राजन कुमालको अध्यक्षतामा संपन्न भएको छ । उक्त वैठकमा सर्वप्रथम परिचयसहित जिल्लागत रुपमा रिपोर्टिङ गर्ने काम भयो भने क्रमशः प्रदेश समितिको गठन किन ? के का लागि ? समितिको काम कर्तव्य र गतिविधिका विषयमा घनीभूतरुपमा छलफल गरिनुका साथै सातौँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि पर्यवेक्षकका लागि केन्द्रिय समितिमा माग गर्ने निर्णय भएको छ । देश संघियतामा गइसकेको अवस्थामा जातीय उत्थानका लागि कार्यक्रम तय गरी गाउँपालिका , नगरपालिकामा कार्ययोजना प्रस्तुत गर्ने निर्णय गरियो भने प्रदेश स्तरीय कुनै कार्यक्रम भए प्रदेश समितिको माध्यमबाट प्रदेशमा कार्ययोजना प्रस्तुत गर्ने निर्णय गरियो । प्रदेश समितिले पूर्णता पाइनसकेकोले पर्वत जिल्लाबाट प्रतिनिधित्व हुने गरी श्री ठाकुर कुमाल र कास्की जिल्लाबाट सूर्य बहादुर कुमाललाई प्रदेश समिति सदस्य पदमा मनोनयन गरिएको कुमाल समाज सुधार समिति गण्डकी प्रदेश समिति सचिव तारा बहादुर कुमालले जानकारी दिनुभयो ।

Back to top button
Close