
रविन्द्र कंडेल
जेठ २२, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्ली खाल्टेमा २० मध्यरातमा आगलागी हुँदा घरगोठसहित सम्पूर्ण सामग्री जलेका मान बहादुर नेपालीको परिवारलाई रेडक्रसको जिल्ला शाखाले पिडितको घरमा पुगी वडा अध्यक्ष बसन्त कुमार श्रेष्ठको रोहवरमा रु. १० हजार भन्दा बढीको गैर खाद्य सामग्री वितरण गरेको छ ।
आगलागी भए लगत्तै गोरखा संसार डट कम मा प्रकाशित समाचार पढेपछि रेडक्रस पदाधिकारी सहित रेडक्रस गोरखाका मन्त्री राजेन्द्र न्यौपानेका सक्रियतामा सामग्री वितरणको लागी टोली वडाध्यक्षसंग समन्वय गरी पिडितको घर पुगेको हो ।