विश्व वातावरण दिबस का अवसरमा एक हजार बिरुवा बितरण

रविन्द्र कंडेल
जेठ २२, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ६ स्थित पौवाटारमा विश्व वातावरण दिवसका अवसरमा एक कार्यक्रम गरी एक घर २ विरुवा लगाउने कार्यक्रमको लागी प्रोत्साहन गरिएको छ ।
सामुदायिक बन उपभोक्ता समिति पालुङ्टारका अध्यक्ष मान बहादुर देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रदेश कमिटिका अध्यक्ष कालीदास सुवेदीले बातावरण स्वच्छ र सफा राख्नको लागी सवैले पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । सोही कार्यक्रममा मन्तव्य राख्नेहरुमा वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटी, प्रदेश सदस्य शुशिला न्यौपाने, गोरखा जिल्ला कोषाध्यक्ष एवं पालुङटार सामुदायिक वन उपभोक्ता समितिकी सचिव पार्वती पाठक, विभिन्न बन समितिका तर्फबाट ओम वहादुर बराकोटी, गम्भीरा बराकोटी, जनक राज भट्ट, उत्तम राज काफ्ले, गोविन्द मल्ल लगायतका रहेका थिए । सो अवसरमा विभिन्न जातका १००० बिरुवा समेत बितरण गरिएको थियो । बितरण गरिएका बिरुवाहरुमा अशोका, चिउरी, निमपत्ता लगायतका रहेका छन् ।

Back to top button