सामाजिक प्राविधिक सहजिकरण पछि वृद्धा तथा एकल महिला विष्णुमायाले घर बनाइन्

जेठ २१,गाेरखा ।
गोरखा नगरपालिका वडा नम्बर ५ स्थित पँदेलथोकमा आर्थिक अवस्था कमजोर भएकी वृद्धा तथा एकल महिला विष्णुमाया सार्र्कीको भूकम्प प्रतिरोधी घर पुनर्निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको सामाजिक प्राविधिक सहयोगमा विष्णुमायाको घर पुनर्निर्माण सम्पन्न भएको हो । परियोजनाद्धारा आयोजित घर पुनर्निर्माण पश्चात हस्तान्त्रण कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष रामकुमार थापाले वडा, टोल तथा परियोजनाको सहयोगमा आयश्रोत नभएकी ८५ वर्षीय वृद्धा विष्णुमायाको घर सम्पन्न हुनु पुण्य कर्म भएको बताउनुभयो । यस्तै, गैर सरकारी संस्था महासंघ एवम् स्वारा संघन गाँउ विकास केन्द्र गोरखाका अध्यक्ष सिताराम श्रोष्ठले आर्थिक अवस्था कमजोर भएका संकटासन्न घरधनीका लागि सामाजिक प्राविधिक सहजिकरण गरेर घर पुनर्निर्माण सम्पन्न गर्नु महतवपुर्ण उपलब्धि भएको धारणा राख्नुभयो । टोल सुधार समितिका सल्लाहाकार रामशरण कट्टेलले परियोजनाको सहयोग तथा टोलको समन्वयमा घर पुनर्निर्माण कार्यमा टोलसुधार समितिबाट उधारोमा सामान व्यवस्थापन तथा सामान ढुवानी गर्न श्रमदान गरि घर सम्पन्न गरिएको बताउनुभयो । परियोजनाका इन्जिनियर रविन पोखरेलले पहिलो किस्ता वापतको ५० हजार रकम खर्च गरि सकेको अवस्थामा समेत २ लाख २८ हजारमा घर पुनर्निर्माण सम्पन्न गरी बाँकी भएको रकम वृद्धा विष्णुमायालाई नै घर खर्चका रुपमा प्रदान गरिएको उल्लेख गर्नुभयो । यस्तै परियोजनामा सामाजिक परिचालकको रुपमा कार्यरत मन्दिरा बस्नेतले वडा तथा टोलको समन्वयमा विष्णुमायाको घर पुनर्निर्माण सम्पन्न हुन सकेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा परियोजनाका समूह संयोजक ईश्वर घिमिरे, सामाजिक विशेषज्ञ घनश्याम खतिवडा, आवास निर्माण साथी गोविन्द श्रेष्ठ, धनबहादुर थापा लगायतको उपस्थित रहेको थियो । विष्णुमाया केही बर्षयता गोरखा दरबार क्षेत्रमा मागेर आफ्नो गुजारा चलाँउदै आउनु भएको छ ।

Back to top button
Skip Add
Close