

पूर्वी चितवनमा निर्माणका लागि ठेक्का भएका ६ वटा पुलमध्ये एउटा पुल विवादका कारण निर्माण हुन सकेको छैन भने बाँकी पाँच वटा पुल प्राविधिक कारणले निर्माण गर्न नसकिएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार राप्ती नगरपालिकामा पर्ने सिमल टाँडीको च्यात्रा खोला पुल निर्माण गर्दा व्यक्तिगत जग्गा पर्ने भन्दै बिरोध भएपछि सो पुल निर्माण हुन सकेको छैन । त्यस्तै, खैरहनी नगरपालिकाको पम्पा खोलाका दुई वटा, ढुंग्रे खोला, झुवानी घाट, मगनी खोलाको पुलका लागि जग राख्न खाल्डो खन्दा पानी सुकाउन नसिकएका कारण निर्माण हुन नसकेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी ईन्जिनीयर कृष्णप्रसाद आचार्यले बताए ।
बहुवर्षीय आयोजना अन्तर्गत पुल निर्माणका लागि ठेक्का सम्झौता हुने गरेको भएपनि चितवनमा चालु आर्थिक वर्ष २०७५÷७६ मा कुनै पनि पुल निर्माणका लागि ठेक्कापट्टा नभएका आचार्यको भनाइ छ । चितवनमा तीन वटा पुल यसै आर्थिक वर्षमा निर्माण सम्पन्न जानकारी दिँदै सूचना अधिकारी आचार्यले बाँकी ६ वटा पुल निर्माणको काममा २० देखि ७० प्रतिशतसम्म प्रगति भएको बताए ।